एसियाली क्लाइम्बिङ च्याम्पियनसिप चीनको मिसानमा ८ देखि १२ अप्रिलसम्म हुनेछ ।
काठमाडौं — जापानमा हुने २०औं एसियाली खेलकुदको छनोट प्रतियोगिता तथा विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली क्लाम्बिङ टोली आइतबार चीन जाने भएको छ ।
दुवै प्रतियोगितामा पुरुषमा तेन्जिङ बर्टिन राई र रोनक उप्रेती तथा महिलामा स्वस्तिका चौधरीले नेपालको चुनौती पेश गर्ने छन् ।
एसियाली क्लाइम्बिङ च्याम्पियनसिप चीनको मिसानमा ८ देखि १२ अप्रिलसम्म हुनेछ । नेपालले बाउल्डर र लिड स्पर्धामा खेल्ने छ । एसियाली खेलकुदमा स्थान निश्चित गर्न शीर्ष १६ स्थानमा पर्नुपर्ने नेपाल क्लाम्बिङ स्पोर्ट एसोसिएसनका महासचिव सन्तोष माडेनले जनाएका छन् ।
त्यस्तै विश्व क्लाम्बिङ सिरिज १ देखि ३ मेसम्म चीनको केकियाओमा हुनेछ । यसमा बाउल्डर बिधा मात्र समावेश छ ।
