बुद्धिचाल खेलाडी चीन र काजकिस्तान जाने

चीनमा अप्रिल ७ देखि १२ सम्म हुने आठौं सांघाइ को–ओपरेसन अर्गनाइजेसन इन्टरनेसनल टिम चेस प्रतियोगितामा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

चैत्र १९, २०८२

कास

Smart players to travel to China and Kazakhstan

काठमाडौँ — दुई फरक स्थानमा हुने प्रतियोगिताका भाग लिने नेपाली बुद्धिचाल टोलीलाई बिहीबार बिदाइ गरिएको छ ।

चीनमा अप्रिल ७ देखि १२ सम्म हुने आठौं सांघाइ को–ओपरेसन अर्गनाइजेसन इन्टरनेसनल टिम चेस प्रतियोगितामा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यसमा रुपेश जैश्वाल, आशिष फुयाल र कृतिसरा अधिकारीले भाग लिनेछन् । व्यवस्थापकमा ताराबहादुर रानाभाट छन् ।

नेपालका ५ खेलाडीले अप्रिल ६ देखि ११ म्म काजकिस्तानको अल्माटीमा हुने एसियाली कन्टिनेन्टल स्टेज अफ द फिडे आईएससीएफ वर्ल्ड स्कुल टिम च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । खेलाडीमा निहाना श्रेष्ठ, सुहानी सिंह, कृष्टि रिजाल, वृजनन्द दास टमाटा र आकर्षण कुँवर छन् ।

व्यवस्थापकमा नीराजन प्रजापति र प्रशिक्षकमा रिजेन्द्र राजभण्डारी छन् । दुवै टोली आइतबार प्रतियोगिता आयोजनास्थल जानेछन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बिहीबार खेलाडीलाई बिदाइ गरेका थिए ।

कास

Link copied successfully