पहिलो ओलम्पियन संगीना सम्मानित

नेपाल चेम्बर अफ कमर्सको हीरक महोत्सवका अवसरमा आयोजित कार्यक्रममा संगीनासहित विभिन्न क्षेत्रका ७५ प्रथम महिलालाई सम्मान गरिएको थियो ।

चैत्र १९, २०८२

कान्तिपुर संवाददाता

First Olympian Sangina honored

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल महिला चेम्बरले तेक्वान्दोकी ओलम्पियन संगीना वैद्यलाई बिहीबार सम्मान गरेको छ ।

नेपाल चेम्बर अफ कमर्सको हीरक महोत्सवका अवसरमा आयोजित कार्यक्रममा संगीनासहित विभिन्न क्षेत्रका ७५ प्रथम महिलालाई सम्मान गरिएको थियो ।

संगीनाले सन् २००४ को एथेन्स ओलम्पिक छनोट चरण पार गर्दै नेपालको प्रतिनिधित्व गरेकी थिइन् । ओलम्पिकमा छनोट चरण पार गरेर खेल्ने संगीना पहिलो महिला मात्र नभई समग्रमा नेपालको पहिलो खेलाडी पनि हुन् ।

अस्ट्रेलियाको मेलबर्नमा सन् १९९६ मा भएको एसियाली तेक्वान्दो च्याम्पियनसिपकी स्वर्ण विजेता संगीनाले आठौं र नवौं दक्षिण एसियाली खेलकुदमा पनि स्वर्ण जितेकी थिइन् ।

पूर्व राष्ट्रपति डा. रामवरण यादव, नेपाल चेम्बर महिला समितिकी अध्यक्ष उर्मिला श्रेष्ठलगायतले संगीनासहितलाई कदरपत्रसहित सम्मान गरे ।

कान्तिपुर

Link copied successfully