इराक चार दशक यता पहिलो पटक विश्वकपमा छनोट

आयमन हुसेनले दोस्रो हाफमा गरेको गोलको मदतले इराकले बोलिभियालाई २–१ ले पराजित गर्दै चार दशक यता पहिलो पटक विश्वकपका लागि छनोट भएको छ ।

चैत्र १८, २०८२

कान्तिपुर संवाददाता

Iraq qualifies for World Cup for first time in four decades

काठमाडौँ — आयमन हुसेनले दोस्रो हाफमा गरेको गोलको मदतले इराकले बोलिभियालाई २–१ ले पराजित गर्दै दाेस्राे पटक विश्वकपका लागि छनोट भएको छ । इराक यसअघि सन् १९८६ मा पहिलाेपटक छनाेट भएकाे  थियाे।

मोन्टेरमोमा भएको अन्तर महादेशीय प्ले अफ खेलमा उनले ५३ औं मिनेटमा गोल गर्दै इराकलाई दोस्रो पल्ट अग्रता दिएका थिए र यो नै निर्णायक सावित भयो ।

अलि अल–हमान्दीले दसौं मिनेटमा गोल गर्दै इराकलाई सुरुवाती अग्रता दिएका थिए । पहिलो हाफको अन्त्यतिर बोलिभियाका लागि मोइसी पानिग्वाले बराबरी गोल फर्काए ।

त्यस अगाडि डीआर कन्गोले पनि विश्वकपको यात्रा तय गरेको थियो । त्यसका लागि उसले जमैकालाई अतिरिक्त समयको खेलमा १–० ले हराएको थियो । अन्तर महादेशीय 'प्ले अफ'मा एक्सेलले सयौं मिनेटमा निर्णायक गोल गरे ।

यससँगै कन्गो ५२ वर्षयता पहिलो पटक विश्वकपको अन्तिम चरण पुगेको थियो । सन् १९७४ मा कन्गोले अन्तिम पटक विश्वकप खेलेको थियो र त्यति बेला देशको नाम पनि जायर रहेको थियो ।

कान्तिपुर

Link copied successfully