सन् २०१७ मा ३३ वर्षीय इजिप्टको फरवार्ड रोमाबाट एनफिल्ड आएका थिए । त्यति बेला उनलाई लिभरपुलले तीन करोड ४० लाख पाउन्ड तिरेको थियो ।
काठमाडौँ — इंग्लिस च्याम्पियन लिभरपुलले आफ्ना स्टार खेलाडी मोहमद सलाहले यो सिजनको अन्त्यमा क्लब छाड्ने मंगलबार घोषणा गरेको छ । यससँगै मर्सिसाइड क्लबमा उनको सफल नौ वर्षको बसाईमा पूर्ण विराम लाग्नेछ ।
सन् २०१७ मा ३३ वर्षीय इजिप्टको फरवार्ड रोमाबाट एनफिल्ड आएका थिए । त्यति बेला उनलाई लिभरपुलले तीन करोड ४० लाख पाउन्ड तिरेको थियो । अहिलेसम्म उनले लिभरपुलका लायग ४ सय ३५ खेल खेलेर २ सय ५५ गोल गरेका छन् ।
लिभरपुलले आफ्नो वेब साइटमा भनेको छ, ‘सन् २०२५–२०२६ को अन्त्यसँगै मोहमद सलाहले लिभरपुल छाड्दै छन् ।’ सलाहले प्रिमियर लिगमा चेल्सीबाट पनि खेले, तर त्यहाँ उनको बसाई सुखद भने रहेन् ।
सलाहले सन् २०२५ मा लिभरपुलसँग दुई वर्षको अनुबन्ध गरे पनि दुई पक्षबीचको सहमती अनुसार फ्रि ट्रान्सफरमा क्लब छाड्ने छन् । उनले लिभरपुलका लागि दुई प्रिमियर लिग, च्याम्पियन्स लिग, फिफा क्लब वर्ल्डकप, यूईएफ सुपरकप, एफएकप र दुई लिगकप उपाधि जिते ।
