रामनवमी कप : सेमिफाइनल पुग्ने टिमको टुंगो

संखुवासभाको सभापोखरी, धनकुटाको पाख्रीबास, झापाको कन्काइ र भोजपुरको षडानन्द पालिकाले विजयी भई सेमिफाइनल पुगेका छन् ।

चैत्र ११, २०८२

कान्तिपुर संवाददाता

Ram Navami Cup: Teams to reach semi-finals decided

धनकुटा — हिलेमा कोशी प्रदेशस्तरीय अन्तरपालिका १८ औं रामनवमी कप भलिबल प्रतियोगितामा बुधबार चार भएको छ । संखुवासभाको सभापोखरी, धनकुटाको पाख्रीबास, झापाको कन्काइ र भोजपुरको षडानन्द पालिकाले विजयी भई सेमिफाइनल पुगेका छन् ।

हिले खेलमैदानमा सभापोखरीले धनकुटाको महालक्ष्मी नगरपालिकालाई २५–१५, २५–१७, २५–२३ को सोझो सेटले हराएको छ । पाख्रिवास नगरपालिकाले भोजपुरको अरुण गाउँपालिकालाई २५–१८, २५–१९, २५–१३ ले,  कन्काइले भोजपुरको आमचोक गाउँपालिकालाई २१–२५, २५–२१, २५–२०, २६–२४ को सेटले हराए । षडानन्दले सभापोखरी गाउँपालिकामाथि २५–१९, १९–२५, २१–२५, २५–१४, १६–१४ को सेटमा जित पायो । बिहीबार सेमिफाइनल खेल हुने क्लबका अध्यक्ष सन्जीव तामाङले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully