राखेपले गर्‍यो एन्फालाई निलम्बन

निर्वाचन रोक्नका लागि पटकपटक दिइएको निर्देशन पालना नगरेपछि राखेप कार्यकारी बोर्डले खेलकुद विकास नियमावली २०७७ को दफा २९ को (२) लाई टेकेर एन्फा नेतृत्वलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

चैत्र ११, २०८२

कान्तिपुर संवाददाता

NSC suspends ANFA

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) लाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार निलम्बन गरेको छ ।

निर्वाचन रोक्नका लागि पटकपटक दिइएको निर्देशन पालना नगरेपछि राखेप कार्यकारी बोर्डले खेलकुद विकास नियमावली २०७७ को दफा २९ को (२) लाई टेकेर एन्फा नेतृत्वलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

यो निर्णयबाट पंकजविक्रम नेम्बाङ एन्फा नेतृत्व ३ महिना निलम्बनमा परेको छ । यही चैत १३ गते एन्फा झापामा अर्ली इलेक्सन गर्ने क्रममा थियो । पछिल्लो समय राखेपले २४ घण्टे स्पष्टीकरण माग गरेको थियो । एन्फाले 'अर्ली इलेक्सन’ आफ्नो अधिकारभित्र पर्ने भन्दै कुनै पनि हालतमा चुनाव नरोकिने भन्दै राखेपलाई जवाफ पठाएको थियो ।

NSC suspends ANFA

NSC suspends ANFA

कान्तिपुर

Link copied successfully