हिलेमा रामनवमी कप भलिबल 

मंगलबार सुरु हुने १८ औ संस्करण चैत १३ सम्म चल्नेछ ।

चैत्र १०, २०८२

कान्तिपुर संवाददाता

Ram Navami Cup Volleyball in Hilla

धनकुटा — रामनवमी पर्वका अवसरमा हरेक वर्ष हिलेमा हुने रामनवमी कप भलिबल प्रतियोगिताको १८ औ संस्करण मंगलबार सुरु हुनेछ । प्रतियोगिता चैत १३ सम्म चल्नेछ ।

विजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी र उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने क्लबका अध्यक्ष सन्जिव तामाङले बताए । मैदान, खेलाडी, रेफ्री व्यवस्थापनलगायतका सबै तयारी पूरा भएको आयोजक हिले भलिबल क्लबले जनाएको छ । प्रतियोगितामा कोशी प्रदेशका विभिन्न नौ स्थानीय तहले सहभागिता जनाउने छन् ।

धनकुटाका पाख्रिवास नगरपालिका र महालक्ष्मी नगरपालिका, भोजपुरको आमचोक, अरुण, रामप्रसाद राई, हतुवागढी गाउँपालिका र षडानन्द नगरपालिका, संखुवासभाको सभापोखरी गाउँपालिका तथा झापाको कन्काई नगरपालिकाको टिमले भाग लिने अध्यक्ष तामाङले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully