उनीहरूलाई नेपाल उमा कुङफु संघका अध्यक्ष एवं डब्लूएमएसी नेपाल च्याप्टरका महासचिव सन्जीतकुमार राई, प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, उमा कुङ्फु संघका उपाध्यक्ष रमेश महर्जन, डब्लूएमएसी नेपालका अध्यक्ष स्वयम्भूराज डंगोललगायतले प्रशंसापत्र प्रदान गरी सम्मान गरे ।
काठमाडौँ — नेपाल उमा कुङ्फु संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीलाई मंगलबार सम्मान गरेको छ । विश्व मञ्चमा नेपालको प्रतिष्ठा अभिवृद्धि गर्न सफल भएकोमा भूपेन्द्र गुरुङ र सुजन कक्षपतिलाई सम्मान गरिएको हो ।
उनीहरूलाई नेपाल उमा कुङफु संघका अध्यक्ष एवं डब्लूएमएसी नेपाल च्याप्टरका महासचिव सन्जीतकुमार राई, प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, उमा कुङ्फु संघका उपाध्यक्ष रमेश महर्जन, डब्लूएमएसी नेपालका अध्यक्ष स्वयम्भूराज डंगोललगायतले प्रशंसापत्र प्रदान गरी सम्मान गरे ।
भूपेन्द्रले अमेरिका, जर्मनी, थाइल्यान्ड र यूकेमा भएका विभिन्न प्रतियोगितामा गरी १२ स्वर्ण र २ रजत पदक जितेका छन् । सुजनले हालै जर्मनीको रेजेन्सवर्गमा भएको ब्याटल अफ बेभेरियामा २ स्वर्ण जितेका थिए ।
अध्यक्ष राईले खेलाडीले हासिल गरेको उपलब्धिले उमा कुङ्फु संघलाई मात्र नभइ सिंगो राष्ट्रलाई गौरवान्वित तुल्याएको बताए ।
भूपेन्द्रले प्रशिक्षकबाट पाएको सही प्रशिक्षणले गर्दा उपलब्धि हासिल गर्न सम्भव भएको बताए । सुजनले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै स्वर्ण जित्दा मनोबल थप उच्च भएको बताए ।