विनोद र पूर्णलक्ष्मीले जिते लुम्बिनी पिस म्याराथन

पूर्वविजेता सन्तोषी यसपालि उपविजेतामै खुम्चिइन्

चैत्र ८, २०८२

मनोज पौडेल, ध्रुव तुलाधर

Vinod and Purnalakshmi win Lumbini Peace Marathon

लुम्बिनी — आर्मीका विनोद रोकाया र पूर्णलक्ष्मी न्यौपानेले पानीको कुनै परवाह नगरी शनिबार चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि जितेका छन् । पवित्र बौद्ध तीर्थस्थल लुम्बिनीमा आयोजित पिस म्याराथनमा विनोदले पुरुषतर्फको म्याराथन जितेका थिए भने पूर्णलक्ष्मी महिला हाफ म्याराथन विजेता भइन् । दुवैले पहिलो पटक प्रतियोगिताको उपाधि जितेका हुन् ।

विनोदले आफ्नै विभागका प्रतिद्वन्द्वीलाई पछाडि पारेर उपाधि जित्दा पूर्णलक्ष्मी भने सन्तोषी श्रेष्ठको वर्चस्व तोड्न सफल भइन् । दुई पटककी विजेता सन्तोषीले यसपल्ट दोस्रो स्थानमा चित्त बुझाइन् । निरन्तर परिरहेको पानीले गर्दा मांसपेशीमा समस्या आउँदा सुरुआतमा लिएको अग्रता जोगाउन नसकेको सन्तोषीले बताइन् । झन्डै ५ वर्षयता ओलम्पियन धाविका सन्तोषी कुनै प्रतियोगिताको उपाधिबाट विमुख हुन परेकी थिइनन् । अघिल्लो साता मात्र उनी पिंक केयराथनमा च्याम्पियन बनेकी थिइन् ।

गत वर्ष पूर्णलक्ष्मीलाई नै पछाडि पारेर सन्तोषीले उपाधि जितेकी थिइन् । यसपालि पूर्णलक्ष्मीले १ घण्टा १७ मिनेट १० सेकेन्डमा दौड पूरा गरेर उपाधि जितिन् । धादिङकी सन्तोषीले १ घण्टा १८ मिनेट ४० सेकेन्डबाट दोस्रो स्थान ओगटिन् । गत वर्ष सन्तोषीको विजेता बन्दाको टाइमिङ १ घण्टा २० मिनेट २५ सेकेन्डको थियो । 

Vinod and Purnalakshmi win Lumbini Peace Marathon

विजेता पूर्णलक्ष्मीले भनिन्, ‘पानी परिरहे पनि आफ्नै पेसमा दौडिरहें । त्यही नै मेरो जितको आधार भयो ।’ आर्मीका निशा सार्की (१.१९ः१९ सेकेन्ड) तेस्रो र सुनसरी रोकाया (१ः२१.४६ सेकेन्ड) चौथो भए । विजेता पूर्णलक्ष्मीले एक लाख ५० हजार, उपवजेता सन्तोषीले एक लाख, तेस्रो भएकी निशाले ८० हजार, चौथो भएकी सुनसरीले ५० हजार पुरस्कार प्राप्त गरे । विजेता पूर्णलक्ष्मीले भनिन्, ‘पानी परिरहे पनि आफ्नै पेसमा दौडिरहें । त्यही नै मेरो जितको आधार भयो ।’ आर्मीका निशा सार्की (१.१९ः१९ सेकेन्ड) तेस्रो र सुनसरी रोकाया (१ः२१.४६ सेकेन्ड) चौथो भए । विजेता पूर्णलक्ष्मीले एक लाख ५० हजार, उपवजेता सन्तोषीले एक लाख, तेस्रो भएकी निशाले ८० हजार, चौथो भएकी सुनसरीले ५० हजार पुरस्कार प्राप्त गरे । 

पुरुष म्याराथनमा आर्मीको वर्चस्व हुँदा विनोदले २ घण्टा १७ मिनेट ५५ सेकेन्डको टाइमिङ निकाले । विभागमा निरन्तर अभ्यासमा रहेकाले पनि वर्षाबीच उपाधि जित्न उनलाई पनि कठिनाइ परेन । पहिलो पटक म्याराथन उपाधि जित्न पाएकामा उनी खुसी थिए । उनले भने, ‘यस पवित्र भूमिमा पहिलो पटक म्याराथन उपाधि जित्न पाउँदा एकदमै खुसी छु । पानी परेर मौसमलाई चुनौती दिए पनि मेरो जितयात्रालाई रोक्न सकेन ।’

गत वर्षका विजेता अनिश थापा मगरको यसपल्ट सहभागिता थिएन । आर्मीका सुशीलकुमार शाही यसपालि पनि दोस्रो स्थानमै रहे । गत वर्ष अनिशभन्दा ६ सेकेन्डले पछाडि परेर उपविजेता बनेका सुशील यसपल्ट पनि थोरै सेकेन्डले पछि परे । सुशीलले २ घण्टा १८ मिनेट १६ सेकेन्डसहित दोस्रो स्थान हासिल गरेका थिए । नरेन्द्रसिंह रावल २ घण्टा १९ मिनेट ५८ सेकेन्डसहित तेस्रो भए । चिनियाँ धावक वाङ ची (२ घण्टा २१ मिनेट ०५ सेकेन्ड) चौथो र केन्याका जुलियस वाकोमे (२ घण्टा २३ मिनेट) पाँचौं स्थानमा आएका थिए ।

दलबहादुर कुँवर (२ घण्टा २४ मिनेट ०७ सेकेन्ड) छैटौं, इशाह नुन्गु (२ घण्टा २५ मिनेट ४२ सेकेन्ड) सातौं, कुलबहादुर बस्नेत (२ घण्टा २८ मिनेट १७ सेकेन्ड) आठौं, ओलम्पियन धावक हरिकुमार रिमाल (२ घण्टा २९ मिनेट २० सेकेन्ड) नवौं र कर्णबहादुर रोक्का मगर (२ घण्टा ३४ मिनेट २० सेकेन्ड) दसौं स्थानमा रहे ।

म्याराथन विजेता विनोदले ३ लाख ५० हजार, दोस्रो हुने सुशीलले २ लाख ५० हजार र तेस्रो हुने नरेन्द्रले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् । म्याराथनका शीर्ष १० स्थानका विजेता धावकलाई क्रमशः एक लाख, ८० हजार, ६० हजार, ४० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

भेट्रान्स ५ किमि दौडमा धर्म महर्जनले पहिलो स्थान हासिल गरे । रामचन्द्र श्रेष्ठ दोस्रो र रेवतबहादुर दाहाल तेस्रो भए । पुरुष ५ किमि खुला दौडमा नेपाल पुलिस क्लबका नागेश्वर अहिर पहिलो, आर्मीका रूपेश कार्की दोस्रो र भारतका प्रिन्स निसाद तेस्रो भए । सोही दूरीको महिलातर्फ पुलिसकी सुमित्राकुमारी चौधरी, पुलिसकै दीपा परियार र शर्मिला खड्का शीर्ष तीन स्थानमा विजयी भएका थिए । चिनियाँ धाविका ली हिक्विनले चौथो स्थान हासिल गरिन् ।

Vinod and Purnalakshmi win Lumbini Peace Marathon

५ किमि गर्ल्सतर्फ दीपशिखा शाही, स्वस्तिका शाही र अन्तिमा बुढा शीर्ष तीन स्थानमा विजयी रहे । सोही दूरीको ब्वाइजतर्फ युवराज बुढाले पहिलो, रमेश बुढाले दोस्रो र अरविन्दकुमार यादवले तेस्रो स्थान हासिल गरे । सबै विधाका विजेताले नगद पुरस्कार पाएका थिए ।

तीन किमि वाकाथन पनि आयोजना गरिएको थियो । शान्ति र पयर्टन प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष नेपाल ओलम्पिक कमिटीले चिनियाँ दूतावासको सहयोग तथा लुम्बिनी विकास कोष र नेपाल पयर्टन बोर्डको समन्वयमा पिस म्याराथन आयोजना गर्दै आएको छ ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, यस प्रतियोगिताका संयोजक अशोक वज्राचार्य, चिनियाँ दूतावासका प्रतिनिधिलगायतले पुरस्कृत गरे ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully