एडरिन राबोट र युसुफ फाफोनाले दोस्रो हाफमा गोल गरेपछि मिलान विजयी रहेको हो ।
काठमाडौँ — एसी मिलानले इटालीको सिरी ए आइतबार टुरिनोलाई ३–२ ले पराजित गरेको छ र यससँगै शीर्षमा रहेको इन्टर मिलानसँगको दूरी पाँच अंकमा छोट्याएको छ । एडरिन राबोट र युसुफ फाफोनाले दोस्रो हाफमा गोल गरेपछि मिलान विजयी रहेको हो ।
हारले टुरिनोमाथि रेलिगेसनको दबाब कायम रह्यो । उसको ३३ अंक छ र १४ औं स्थानमा छ । यो नतिजापछि मिलानको ६३ अंक भएको छ । एक खेल कम खेलेको इन्टर ६८ अंकमा शीर्ष स्थानमा छ । अर्को खेलमा युभेन्ट्स र ससुलोले १–१ को बराबरी खेले ।
युभेन्ट्स ५४ अंकमा पाँचौं स्थानमा पुगेको छ । अब आइतबारको खेलमा इन्टरले फियोरेन्टिनाको सामना गर्दैछ र त्यसमा जित निकाल्न सके उसको अग्रता अझ बढ्ने छ ।
