बर्नमाउथसँग युनाइटेडको बराबरी

खेलको अन्त्यतिर रातो कार्डमा ह्यारी म्याग्वायर गुमाएपछि युनाइटेड दबाबमा आएको थियो ।

चैत्र ७, २०८२

कान्तिपुर संवाददाता

United draw with Bournemouth

काठमाडौँ — म्यानचेस्टर युनाइटेडले दुई पल्ट अग्रता लिएर पनि त्यसलाई जोगाउन नसकेपछि इंग्लिस प्रिमियर लिगमा शुक्रबार बर्नमाउथसँग २–२ को बराबरी खेलेको छ । खेलको अन्त्यतिर रातो कार्डमा ह्यारी म्याग्वायर गुमाएपछि युनाइटेड दबाबमा आएको थियो ।

युनाइटेडले ब्रुनो फर्नान्डेजको गोलले अग्रता लिए लगतै रायन क्रिस्टीले बराबरी गोल फर्काए । जेम्स हिलको आत्मघाती गोलले युनाइटेड फेरि अगाडि रहेको थियो, तर एलि जुनियर क्रुपीले पेनाल्टीबाट बराबरी गोल गरे ।

यो नतिजापछि युनाइटेड ५५ अंकमा तेस्रो स्थानमा रह्यो । बर्नमाउथ भने ४२ अंकमा १० औं स्थानमा रहेको छ । लिगमा उसको यो लगातार पाँचौं बराबरी हो र यसले अर्को सिजन युरोपमा खेल्ने सम्भावना कमजोर बनाएको छ ।

कान्तिपुर

Link copied successfully