सूर्य नेपाल वेस्टर्न ओपन आजदेखि

तीन दिने प्रतियोगिता ५४ होलको हुनेछ । दोस्रो दिनको समाप्तिपछि कट लागु हुनेछ । १८ शीर्ष प्रो र एमेच्यो।ले अन्तिम १८ होलका लागि कट बनाउने छन् । शनिबार हुने प्रो–एम इभेन्ट हुनेछ ।

चैत्र ४, २०८२

कान्तिपुर संवाददाता

Surya Nepal Western Open from today

काठमाडौँ — सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६ औं सूर्य नेपाल वेस्टर्न ओपन बुधबारदेखि पोखराको हिमालयन गल्फ कोर्समा सुरु हुनेछ ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजीए) द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल र १६ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । तीन दिने प्रतियोगिता ५४ होलको हुनेछ । दोस्रो दिनको समाप्तिपछि कट लागु हुनेछ । १८ शीर्ष प्रो र एमेच्यो।ले अन्तिम १८ होलका लागि कट बनाउने छन् । शनिबार हुने प्रो–एम इभेन्ट हुनेछ ।

सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा यो पटक कुल पुरस्कार राशि वृद्धि गरिएको छ । १० लाख ५० हजार पुरस्कार रहेको प्रतियोगिताको विजेताले १ लाख ७० हजार, दोस्रोले १ लाख २५ हजार र तेस्रो हुनेले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । शीर्ष १८ स्थानमा रहने प्रो पनि नगद पुरस्कारका हकदार हुनेछन् ।

डिफेन्डिङ च्याम्पियन तथा नेपाल नम्बर एक प्रो गल्फर नीरज तामाङसहित कोर्स रेकर्ड बनाएका भुवन नगरकोटी, सञ्जय लामा र जयराम श्रेष्ठलाई प्रमुख दाबेदारको रूपमा हेरिएको छ । उनीहरूले एमेच्योर गल्फर राहुल विश्वकर्माले चुनौती दिने अनुमान छ ।

माछापुच्छ्रे हिमालको मनोरम दृश्य र विजयपुर खोलाको किनारमा रहेको आकर्षक कोर्सलाई नेपालकै चुनौतीपूर्ण गल्फ कोर्स मानिन्छ । यो कोर्सलाई साहसिक गल्फ कोर्समध्ये एक भनेर गल्फ डाइजेस्टले मान्यता दिएको छ । हिमालयन गल्फ कोर्सलाई यो प्रतियोगिताको लागि तयार पारिएको छ । पार–६९ को १६ होल रहेको कोर्समा पहिलो र दोस्रो होल दुई पटक खेलिनेछ ।

एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले लगातार २६ औं वर्ष यो प्रतियोगिता आयोजना गर्न पाउँदा खुसी लागेको बताउँदै प्रोफेसनल र एमेच्योर गल्फरले रोमाञ्चक र प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।

कान्तिपुर

Link copied successfully