स्टेप र जनशक्ति युवा विजयी

पाल्पाको स्टेप भलिबल क्लबले आयोजक मकवानपुर जिल्ला भलिबल संघलाई २५–६, २५–२१, २५–२३ को सेटले पराजित गर्‍यो ।

चैत्र ४, २०८२

कान्तिपुर संवाददाता

Step and Manpower Youth Win

हेटौंडा — हेटौंडा उपमहानगरपालिका–१० स्थित टीसीएन चौरमा भएको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा पाल्पाको स्टेप भलिबल क्लबले विजयी सुरुवात गरेको छ । दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता गरिएको हो ।

पाल्पाले आयोजक मकवानपुर जिल्ला भलिबल संघलाई २५–६, २५–२१, २५–२३ को सेटले पराजित गर्‍यो । दोस्रो खेलमा मधेश प्रदेशको जनशक्ति युवा क्लबले कोशी प्रदेशको ब्रदर फ्युचर स्पोर्ट्स क्लबलाई २५–२२, ११–२५, २६–२४, २६–२४ ले हराएको हो ।

विजेताले ३ लाख र उपविजेताले २ लाख, सेमिफाइनलिस्टले समान ५० हजार प्राप्त गर्नेछन् । विधागत विजेता खेलाडीले पनि पुरस्कार पाउनेछन् ।

मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान बागमती प्रदेशको व्यवस्थापनमा भएको प्रतियोगितामा ६ टोलीको सहभागिता छ ।   

कान्तिपुर

Link copied successfully