सुजनलाई जर्मनीमा दोहोरो स्वर्ण

जर्मनीको रेजेन्सवर्गमा भएको ब्याटल अफ बेभेरिया मार्सल आर्ट्समा सुजनले दुई फरक विधामा स्वर्ण जितेका हुन् ।

चैत्र २, २०८२

कान्तिपुर संवाददाता

Sujan wins double gold in Germany

काठमाडौं — नेपाली उमा कुङ्फु खेलाडी सुजन कक्षपतिले अन्तर्राष्ट्रिय प्रतियोगितामा दोहोरो स्वर्ण जितेका छन् । जर्मनीको रेजेन्सवर्गमा भएको ब्याटल अफ बेभेरिया मार्सल आर्ट्समा सुजनले दुई फरक विधामा स्वर्ण जितेका हुन् ।

नेपाल उमा कुङ्फु संघका अध्यक्ष सन्जीतकुमार राईले जनाएअनुसार वर्ल्ड मार्सल आर्ट्स कमिटी (डब्लूएमएसी)द्वारा आयोजित प्रतियोगितामा सुजनले चाइनिज क्रिएटिभ फम्स र ट्रेडिसनल फम्स विथ वेप्पनमा प्रतिस्पर्धा गरेका थिए ।

चाइनिज क्रिएटिभ फममा सुजनले २३.०२ अंक जोडे । यो स्पर्धामा ५ प्रतिस्पर्धी थिए । ७ खेलाडीले भाग लिएको ट्रेडिसनल फम विथ वेप्पनमा सुजनले २२.५८ अंक जोडे ।

प्रतियोगितामा नेपालसहित १० राष्ट्रका १ हजार २ सय खेलाडीको सहभागी थिए। सुजन सातौं राष्ट्रिय उमा कुङ्फु च्याम्पियनसिपका रजत विजेता विजेता हुन् । उनी मंगलबार स्वदेश फकिँदै छन् ।

कान्तिपुर

Link copied successfully