स्विट्जरल्यान्डको फिफा हेडक्वार्टर जुरिचमा बुधबार आयोजित कार्यक्रममा उनले फुटबलमा बाल सुरक्षासम्बन्धी डिप्लोमा प्राप्त गरेकी हुन् ।
काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) की कृपा शर्मा फिफाको सेफगार्डिङ अफिसर बनेकी छन् ।
स्विट्जरल्यान्डको फिफा हेडक्वार्टर जुरिचमा बुधबार आयोजित कार्यक्रममा उनले फुटबलमा बाल सुरक्षासम्बन्धी डिप्लोमा प्राप्त गरेकी हुन् । फिफाले सन् २०२४ मा फुटबलमा बालबालिकाको सुरक्षालाई बलियो बनाउन र उनीहरूलाई सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यले ‘चाइल्ड सेफगार्डिङ’ कार्यक्रम सुरु गरेको हो । यस कार्यक्रममा अनलाइन ट्रेनिङ मोडयुल, मूल्यांकन र व्यक्तिगत कार्यशालाहरू समावेश गरिएको थियो ।
नेपालबाट उक्त कार्यक्रममा कृपाले प्रतिनिधित्व गरेकी थिइन् । कृपा राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा फिफा रेफ्री स्व. रुपकराज शर्माकी छोरी हुन् ।
उनले फुटबलमा बालबालिकाका लािग सुरक्षित र सहयोगी वातावरण प्रदान गर्न आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएकी छन् ।
