प्रधानमन्त्री कपका छनौटका लागि सुनसरीको टोली घोषणा

सुनसरी जिल्ला क्रिकेट संघले आइतबार सार्वजनिक गरेको टोलीमा भूपाल लुइँटेललाई कप्तानको जिम्मेवारी दिइएको छ ।

फाल्गुन २७, २०८२

अर्जुन सुवेदी

Sunsari team announced for Prime Minister's Cup selection

सुनसरी — प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि सुनसरी जिल्ला क्रिकेट टोली घोषणा गरिएको छ । सुनसरी जिल्ला क्रिकेट संघले आइतबार सार्वजनिक गरेको टोलीमा भूपाल लुइँटेललाई कप्तानको जिम्मेवारी दिइएको छ । संघका अनुसार प्रतियोगिताको प्रदेशस्तरीय छनोटका लागि घोषणा गरिएको टोलीमा गौरव कटवाल, प्रकाश कार्की, समीर तिमिल्सिना, आकाश सर्राफ, रिजन मण्डल, नितेश रेग्मी (विकेटकिपर), रोहन शाह, विकल्प आचार्य, अफान ताहिर, रोशन खत्री (विकेटकिपर), कविराज घिमिरे, सुकुल श्रेष्ठ, आशिष मण्डल र रिजन पाण्डे समावेश छन् ।

त्यसैगरी वैकल्पिक खेलाडीमा राजु विश्वकर्मा, अभिषेक शर्मा र विपुल साहलाई राखिएको संघले जनाएको छ । टोलीको प्रशिक्षकमा राजकुमार प्रधान तथा व्यवस्थापकमा ताहिर हुसेन रहेका छन् ।

सुनसरी जिल्ला क्रिकेट संघले छनोट भएका खेलाडीलाई बधाई दिँदै आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाको प्रतिष्ठा उकास्ने अपेक्षा गरेको जनाएको छ ।

अर्जुन

Link copied successfully