डाइनामिक कप स्केटिङ हुने

आउँदो शनिबार हुने प्रतियोगितामा पुरुष/महिलातर्फ विभिन्न उमेर समूहमा करिब ५ सय खेलाडीको प्रतिस्पर्धा गर्ने आयोजक डाइनामिक क्लबका अध्यक्ष रोजन भासिमाले मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराए ।

फाल्गुन २६, २०८२

कान्तिपुर संवाददाता

Dynamic Cup Skating will take place.

काठमाडौँ — डाइनामिक स्केट क्लबको आयोजनामा डाइनामिक कप इनक्लाइन स्केटिङ प्रतियोगिता हुने भएको छ ।

आउँदो शनिबार हुने प्रतियोगितामा पुरुष/महिलातर्फ विभिन्न उमेर समूहमा करिब ५ सय खेलाडीको प्रतिस्पर्धा गर्ने आयोजक डाइनामिक क्लबका अध्यक्ष रोजन भासिमाले मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराए ।

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको समन्वय र सहयोगमा हुन लागेको प्रतियोगिता पाराग्वेमा अक्टोबरमा हुने रोलर डर्बी वर्ल्ड स्केट च्याम्पियनसिपको छनोटका रूपमा समेत रहने संघका केन्द्रीय अध्यक्ष अच्युत खनालले जानकारी गराए ।

अध्यक्ष खनालले शनिबारै वर्ल्ड स्केटका लागि राष्ट्रिय टोलीको पनि छुट्टै छनोट प्रतिस्पर्धा हुनेछ । एकदिने प्रतियोगिताका खेलहरू भक्तपुरस्थित काठमाडौं वर्ल्ड स्कुलमा खेलाइने छ ।

बागमती प्रदशेका विद्यालयको सहभागिता रहने प्रतियोगितामा यू–६, यू–८, यू–१२ विधामा प्रतिस्पर्धा हुनेछ ।  

नेपालमा स्केटिङ खेलको प्रवर्द्धन र युवा खेलाडीको प्रतिभा अभिवृद्धिमा प्रतियोगिताले ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

कान्तिपुर

Link copied successfully