चीन प्रस्थान गर्ने ६ सदस्यीय टोलीमा राजीव महर्जन, राजकुमार राई, तेम्बा भोटे, शंकर भुजेल, उमेश महर्जन र राज महर्जन छन् ।
काठमाडौं — विशेष प्रशिक्षणका लागि मार्सल आर्ट्स र परम्परागत धनुरविद्या (ट्रेडिसनल आर्चरी) टोली मंगलबार चीनको कुङमिङ जाने भएको छ ।
चीन प्रस्थान गर्ने ६ सदस्यीय टोलीमा राजीव महर्जन, राजकुमार राई, तेम्बा भोटे, शंकर भुजेल, उमेश महर्जन र राज महर्जन छन् । कुङमिङमा रहँदा टोलीले चिनियाँ प्रशिक्षकसँग आधुनिक मार्सल आर्ट्स र प्राचिन धनुरविद्याका प्रशिक्षण लिनेछन् । टोलीलाई काठमाडौं जेन्जी ट्रेडिसनल आर्चरी संघका अध्यक्ष तथा नेपाल उसु महासंघका उपाध्यक्ष अभिषेक विक्रम शाहले सोमबार बिदाइ गरे । मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जनले प्रशिक्षणले नेपाली खेलाडी र प्रशिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने बताए ।
