एक खेल कम खेलेको बार्सिलोनाको ६३ अंक छ
काठमाडौँ — फेडरिको भाल्भेरडेले दोस्रो हाफको इन्ज्युरी समयमा गरेको गोलको मदतले रियल म्याड्रिडले स्पेनी ला लिगामा सेल्टा भिगोलाई शुक्रबार २–१ ले पराजित गरेको छ । यो जितपछि रियलको २७ खेलबाट ६३ अंक भएको छ ।
यो शीर्षमा रहेको बार्सिलोनासँग एक अंकको दूरी मात्र हो । एक खेल कम खेलेको बार्सिलोनाको ६३ अंक छ । रियलले अउरेलेन चोमेनीको गोलले पहिलो हाफमा अग्रता लिएको थियो । तर सेल्टा भिगोका लागि बोरजा इगलेसिसले बराबरी गोल फर्काए ।
उतारचढावपूर्ण प्रदर्शनबाट गुज्रिरहेको रियलका लागि यो जित राहतपूर्ण रहनेछ । सेल्टा भिगो भने ४० अंकमा छैटौं स्थानमा रहेको छ र उसको पनि अर्को सिजन युरोपमा खेल्ने सम्भावना कायम छ ।
