क्रिकेट विश्वकप लिग २ स्थगित

निर्धारित तालिकाअनुसार मार्च १० देखि नेपालले यूएई र ओमान सम्मिलित विश्वकप लिग २ को शृंखला आयोजना गर्दै थियो ।

फाल्गुन २०, २०८२

कान्तिपुर संवाददाता

Cricket World Cup League 2 postponed

काठमाडौँ — मध्यपूर्वमा निम्तिएको संकटपछि नेपालले आयोजना गर्ने आईसीसी विश्वकप लिग २ शृंखला स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार जनाएको छ । निर्धारित तालिकाअनुसार मार्च १० देखि नेपालले यूएई र ओमान सम्मिलित विश्वकप लिग २ को शृंखला आयोजना गर्दै थियो ।

तर हालै अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि जबाफी हमलामा इरानले यूएई, कतार, साउदी अरेबियालगायतका देशमा प्रहार गरेका कारण मध्यपूर्वको स्थिति तनाव रहेको सन्दर्भमा क्यानले अर्को सूचना नआएसम्मका लागि लिग २ को शृंखला स्थगित भएको जनाएको हो । 

रोहित पौडेलको कप्तानीमा नेपालले लिग २ का लागि यसअघि नै २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेको थियो र नेपाली टोली बन्द प्रशिक्षणमा रहेको थियो । आठ राष्ट्र सहभागी प्रतियोगितामा समान २० खेल खेलेको ओमान २४ अंकका साथ चौथो स्थानमा, नेपाल १२ अंकका साथ सातौं र यूएई १० अंकका साथ आठौं स्थानमा छ । 

नेपाल मेमा अमेरिका र स्कटल्यान्ड समावेश लिग २ को अर्को शृंखला आयोजना गर्ने क्रममा छ । 

कान्तिपुर

Link copied successfully