एनवाइईएफ एमेच्योर गल्फको नेट उपाधि दुलाललाई

धरान उपमहानगरपालिका गल्फ कोर्समा मंगलबार सम्पन्न प्रतियोगितामा ३९ नेट स्कोर गर्दै आकाश दुलालले शीर्ष स्थान हासिल गरेका हुन् ।

फाल्गुन १९, २०८२

एलिना राई

Dulal wins NYEF Amateur Golf Nets title

धरान — नेपाल युवा उद्यमी मञ्च (एनवाइईएफ) सुनसरी च्याप्टरको आयोजनामा सम्पन्न ‘एनवाइइएफ एमेच्योर गल्फ प्रतियोगिता-०२६’ को नेट उपाधि आकाश दुलालले जितेका छन् ।

धरान उपमहानगरपालिका गल्फ कोर्समा मंगलबार सम्पन्न प्रतियोगितामा ३९ नेट स्कोर गर्दै दुलालले शीर्ष स्थान हासिल गरेका हुन् । 

त्यस्तै ३६ नेट स्कोर गर्दै प्रमोद राई दोस्रो भए भने समान ३६ नेट स्कोर गरेका दिपक पोखरेल काउन्ट-ब्याकको आधारमा तेस्रो स्थानमा सीमित भए ।

ग्रसतर्फ ६९ स्कोर गर्दै सुन्दर राई प्रथम घोषित भए । महिलातर्फ ३६ स्कोरसहित आस्था दुलाल प्रथम रहिन् भने सिनियरतर्फ ३३ स्कोरका साथ बोमप्रसाद लिम्बूले उपाधि जिते । प्रतियोगितामा लङ्गेष्ट ड्राइभको पुरस्कार विवेक राईले जित्दा ‘नियरेष्ट टु दि पिन’ नितेश गुप्ता र ‘मोस्ट बर्डिज’ पदमहाङ्ग लिम्बूले हात पारे ।

एनवाइइएफ सुनसरीका अध्यक्ष राजीव घिमिरेले प्रतियोगितामा १ सय ५० जनाभन्दा बढी उद्यमी, व्यवसायी तथा पेशाकर्मीहरूको उपस्थिति रहेको बताए । प्रतियोगिताको समापन समारोह इटहरीस्थित सोल्टी वेस्टल्याण्डमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully