फरेस्ट हारेर पनि अन्तिम १६ मा

प्ले अफ दोस्रो लेगमा फेनाबाचेसँग २–१ ले पराजित भएता पनि समग्रमा ४–२ ले अगाडि रहेर फरेस्ट अर्को चरण पुगेको हो ।

फाल्गुन १५, २०८२

कान्तिपुर संवाददाता

Forest reach the last 16 despite losing

काठमाडौँ — नटिङघम फरेस्टले बिहीबार युरोपा लिगको अन्तिम १६ मा स्थान बनाएको छ ।

प्ले अफ दोस्रो लेगमा फेनाबाचेसँग २–१ ले पराजित भएता पनि समग्रमा ४–२ ले अगाडि रहेर फरेस्ट अर्को चरण पुगेको हो ।

यस्तै स्टुटगार्ट पनि सेल्टिकसँग १–० ले पराजित भएता पनि समग्रमा ४–२ ले अगाडि रहन सफल रह्यो । प्ले अफबाट अन्तिम १६ पुग्न सफल अन्य टिममा बोलोग्ना, सेल्टा भिगो, फेरेन्कभारोस, जेन्क, लिल र प्यानाथिनाइकोज रहे ।

लिग चरणको समाप्तीमा शीर्ष आठमा रहेर अन्तिम १६ पुगिसकेका टिममा लियोन, एस्टन भिल्ला, मिडट्जल्यान्ड, रिेयल बेटिस, पोर्टो, ब्राग, फ्रेबर्ग र रोमा रहेका छन् ।

कान्तिपुर

Link copied successfully