एन्जल्स हार्ट र काठमाडौं विद्याकुञ्जलाई तेजस्वी कप

शुक्रबार एन्जल्स हार्ट ब्वाइज र केभीकेएसएस गर्ल्समा च्याम्पियन बने ।

फाल्गुन १५, २०८२

कान्तिपुर संवाददाता

Angels Heart and Kathmandu Vidyakunj win Tejaswi Cup

काठमाडौँ — एन्जल्स हार्ट र काठमाडौं विद्याकुञ्ज सेकेन्डरी (केभीकेएसएस) ले प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । शुक्रबार एन्जल्स हार्ट ब्वाइज र केभीकेएसएस गर्ल्समा च्याम्पियन बने ।

आयोजक तेजस्वी एकेडेमीमा भएको ब्वाइजको फाइनलमा एन्जल्स हार्टले ह्वाइट हेभेन एकेडेमीलाई ३७–३३ स्कोरले पराजित गर्‍यो । विजेताका रुपेश पौडेलले २४ स्कोर जोडे । हिमालय बोर्डिङ स्कुलले संस्कृति शिक्षा सदनलाई ४८–२७ ले हराएर तेस्रो स्थान हासिल गर्‍यो । हिमालयका अरुण कार्कीले २३ स्कोर गरे ।

गर्ल्सको फाइनलमा काठमाडौं विद्याकुञ्जले आयोजक तेजस्वीलाई २५–१४ स्कोरले हरायो । विजेताकी मुस्कान मिफोकले ८ स्कोर जोडिन् । तेस्रो स्थानको खेलमा बेलमोन्टले मानसिंहलाई १५–१२ ले हरायो । बेलमोन्टकी क्रिस्टिना घिमिरेले ९ स्कोर गरिन् ।

Angels Heart and Kathmandu Vidyakunj win Tejaswi Cup

ब्वाइजमा एन्जल्स हार्टका रुपेश पौडेल र गर्ल्समा केभीकेएसएसकी रोजी श्रेष्ठ ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा ह्वाइट हेभेनका राहुल सुनार रगर्ल्समा बेलमोन्टकी क्रिस्टिना घिमिरे उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।

ब्वाइजमा हिमालयका अरुण कार्की र गर्ल्समा तेजस्वीकी एस्थर बरुवाल सर्वाधिक स्कोरकर्ता बने । ब्वाइजमा सिद्धार्थ मोडेल स्कुल र गर्ल्समा एन्जल्स हार्ट नेसनल स्कुलले फेयर प्ले ट्रफी हात पारे ।

विजेतालाई बास्केटबल प्रशिक्षक पूर्ण न्यौपाने, तेजस्वीका संस्थापक प्रिन्सिपल थिरबहादुर बस्नेत, प्रबन्ध निर्देशक राजकुमार केसी र भाइस प्रिन्सिपल विश्व पाण्डेले पुरस्कृत गरे ।  

कान्तिपुर संवाददाता

Link copied successfully