मातृभूमि यू–१४ क्रिकेटको उद्घाटन

खेल भने बिहीबार सुरु हुनेछ ।

फाल्गुन १३, २०८२

कान्तिपुर संवाददाता

Matrubhumi U-14 Cricket inaugurated

काठमाडौँ — प्रथम मातृभूमि टी–१० अन्तरविद्यालय यू–१४ क्रिकेट प्रतियोगिताको बुधबार उद्घाटन भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शरद भेषावकर र आयोजक मातृभूमि स्कुलकी प्रिन्सिपल प्रकृति केसीले संयुक्त रूपमा उद्घाटन गरे । खेल भने बिहीबार सुरु हुनेछ । उद्घाटनकै अवसरमा भेषावकर र केसीले ट्रफी पनि सर्वाजनिक गरेका थिए ।

प्रतियोगितामा ८ छात्र टिमको सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेल खेलाइने छ । समूहमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् ।

समूह ‘ए’ मा जनप्रेमी वर्ल्ड स्कुल, विनायक शिक्षा निकेतन, ग्लोबल पब्लिक स्कुल र जेम्स तथा समूह ‘बी’ मा ग्यालेक्सी पब्लिक स्कुल, सहारा स्कुल, अक्षरा र मातृभूमि छन् ।

विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई माउन्टेन बाइक, उत्कृष्ट ब्याट्सम्यानलाई ब्याट, उत्कृष्ट बलरलाई जुत्ता तथा प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई ट्रफी प्रदान गरिने छ ।

कान्तिपुर

Link copied successfully