सावित्राको उपचारमा डोभ नेपालले १५ लाख दिने

युनिलिभर नेपालअन्तर्गत डोभले सावित्रा भण्डारीको उपचार तथा पुनर्स्थापनाका लागि १५ लाख रुपैयाँ सहयोग घोषणा गरेको हो ।

फाल्गुन १३, २०८२

कान्तिपुर संवाददाता

Dove Nepal will provide 1.5 million for Sabitra's treatment

काठमाडौँ — युनिलिभर नेपालअन्तर्गत डोभले सावित्रा भण्डारी ‘साम्बा’ को उपचार तथा पुनर्स्थापनाका लागि १५ लाख रुपैयाँ सहयोग घोषणा गरेको छ ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा घुँडाको गम्भीर चोटमा रहेकी छन् । नेपाली फुटबलकी प्रेरणादायी खेलाडीमध्ये एक साम्बाको समर्पण, संघर्षशील र उपलब्धिले देशभरका लाखौंलाई मात्र होइन, नेपालबाहिरका दर्शकलाई पनि प्रेरित गर्दै आएको उनको स्वास्थ्यलाभको यात्रामा युनिलिभरको साथ रहेको जनाएको छ ।

उनले आफ्नो अवरोधलाई पुनरागमनमा रूपान्तरण गर्नेमा डोभले विश्वास जनाउँदै भनेको छ, ‘वास्तविक सुन्दरता आत्मसम्मान र आत्मविश्वासबाट जन्मिन्छ र वास्तविक साहस जितमा मात्र होइन, घाउ निको पार्दै अझ बलियो भएर फर्किने अठोटमा देखिन्छ ।’

सावित्राले आफ्नो चोटग्रस्त घुँडाको एसीएल शल्यक्रियाका लागि सामाजिक सञ्जालमार्फत सोमबार आवश्यक ८० हजार डलर आर्थिक सहयोगको अपिल गरेकी थिइन् । २४ घन्टा बित्न नपाउँदै आवश्यक खर्च जुटेकाले उनले सहयोग रोक्न आग्रह गरेकी थिइन् । उनका लागि स्वदेश तथा विदेशबाट व्यक्ति तथा विभिन्न संस्थाहरूले सहयोग प्रदान गरेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully