युटीआरमा अभिषेकको अर्को जित

बेंगलुरुको हार्डकोटमा अभिषेक बास्तोलाले भारतीय खेलाडी जतिन नैनलाई ६–३, ६–४ को सोझो सेटमा पराजित गरेका छन् ।

फाल्गुन १३, २०८२

कान्तिपुर संवाददाता

Abhishek's another win in UTR

काठमाडौँ — नेपाली टेनिस खेलाडी अभिषेक बास्तोलाले भारतको बेंगलुरुमा भइरहेको युटीआर प्रो टेनिस प्रतियोगितामा दोस्रो जित निकालेका छन् ।

बेंगलुरुको हार्डकोटमा अभिषेकले भारतीय खेलाडी जतिन नैनलाई ६–३, ६–४ को सोझो सेटमा पराजित गरेका छन् ।

अघिल्लो दिन उनले भारतकै तरुण कर्रालाई पनि सोझो सेटमा हराएका थिए । अब अभिषेकले अर्को चरणमा रुसी खेलाडी अर्टेम बोगोमोलोभविरुद्ध बिहीबार खेल्नेछन् । उनी आफ्नो समूहमा शीर्ष स्थानमा रहेका छन् ।

युटीआर प्रो टेनिस टुरअन्तर्गत हुने २० हजार अमेरिकी डलर पुरस्कार राशिको यो प्रतियोगिता अभिषेकका लागि सिजनको पहिलो स्पर्धा हो । यसअघि उनले डिसेम्बरमा भियतनाममा पीटीटी फान थिएटमा प्रतिस्पर्धा गरेका थिए । यस टुरमा अभिषेकले झन्डै डेढ दर्जन प्रतियोगिता खेलिसकेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully