सेस्कोको गोलमा युनाइटेडको जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एभरटनलाई १–० ले पराजित गरेको छ ।

फाल्गुन १२, २०८२

कान्तिपुर संवाददाता

United win on Cesc's goal

काठमाडौँ — सब्टिच्युट खेलाडी बेन्जामिन सेस्कोले गरेको एक मात्र गोल मद्दतले म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार एभरटनलाई १–० ले पराजित गरेको छ । स्लोभेनियाका स्ट्राइकरले ७१ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।

यो जितले माइकल क्यारेकको युनाइटेडको २७ खेलबाट ४८ अंक भएको छ र चौथो स्थानमा उसको पकड बलियो भएको छ । युनाइटेडलाई पाँचौं स्थानमा रहेको चेल्सीमाथि ३ अंकको अग्रता प्राप्त भएको छ । लिभरपुल पनि ४५ अंकमा छैटौंमा रहेको छ ।  

पछिल्लो समय लय गुमाएको एभरटनले आफ्नो घरमा खेलेका पछिल्ला ७ खेल जित्न सकेको छैन र अहिलेका लागि ३७ अंकमा नवौं स्थानमा रहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully