साई ग्लोबल कप : कालिका र नेपथ्य कलेज सेमिफाइनलमा

सिद्धार्थ क्रिकेट मैदान मंगलबार भएका खेलमा कालिका मानवज्ञानले शान्ति नमुनालाई ९ विकेट र नेपथ्यले होराइजन जीवीएसलाई ९ विकेटले नै पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन् ।

फाल्गुन १२, २०८२

कान्तिपुर संवाददाता

SAI Global Cup: Kalika and Nepathya College advance to semifinals

What you should know

भैरहवा — यहाँ सञ्चालन भइरहेको जिल्लास्तरीय अन्तर कलेज साई ग्लोबल कप ट्वान्टी–२० क्रिकेट अन्तर्गत कालिका मानवज्ञान र नेपथ्य कलेज मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । 

सिद्धार्थ क्रिकेट मैदान मंगलबार भएका खेलमा कालिका मानवज्ञानले शान्ति नमुनालाई ९ विकेट र नेपथ्यले होराइजन जीवीएसलाई ९ विकेटले नै पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन् ।

पहिलो खेलमा टस जितेर ब्याटिङमा आएको शान्ति नमूनाले १४ ओभर ४ बलमा सबै विकेट गुमाउादै ६७ रन मात्रै बनाउन सक्यो । उसलाई सस्तैमा रोक्न बलिङमा कालिका मानवज्ञानका थानेश्वर भट्टराईले ६, विशाल भुसालले ३ र प्रज्जवल थापाले १ विकेट लिए । शान्ति नमूनाका रुद्रांन्स भट्टराईले १९, रौनक श्रीवास्तबले १५ र रोजन कुमालले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

प्रतिउत्तरमा कालिका मानवज्ञानले ७ ओभरमा १ विकेटको क्षतिमा ७० रन बनाउादै सहज जित हात पार्यो । उसको जितमा प्रज्जवल थापाले ५२ रनको अर्धशतकीय पारी खेले । बलिङमा शान्ति नमूनाका रौनक श्रीवास्तवले १ विकेट लिए । खेलमा थानेश्वर भट्टराई प्लेयर अफ द म्याच भई एक हजार रुपैयाा प्राप्त गरे ।

यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङमा आएको होराइजन जीबीएसले १७ ओभर ४ बलमा सबै विकेट गुमाएर जम्मा ६९ रन मात्रै बनायो । उसका लागि रोशन गौतमले १२ तथा कुशल पौडेल र कृष्ण कार्कीले ११–११ रन बनाए । बलिङमा नेपथ्य कलेजका रोशन बस्यालले ४, आरिफ खानले ३ र गणेश धितालले २ विकेट हात पारे ।

जवाफी ब्याटिङमा आएको नेपथ्य कलेजले १० ओभर ३ बलमा १ विकेट गुमाउँदै ७१ रन बनाई जित निकाल्यो । उसको जितमा सन्दीप यादवले अविजित ३५ र कुशल ढकालले नटआउट २३ रन जोडे । बलिङमा होराइजन जीबीएसका साहन अली मुसलमानले १ विकेट लिए । खेलमा रोशन बस्याल प्लेयर अफ द म्याच भई एक हजार रुपैयाा प्राप्त गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully