कान्तिपुर म्याक्सले नेपाली राष्ट्रिय महिला टिमकी कप्तान फुटबलर सावित्रा भण्डारीको उपचारमा मंगलबार ५ लाख रुपैयाँ सहयोग गरेको हो ।
काठमाडौँ — कान्तिपुर म्याक्सले नेपाली राष्ट्रिय फुटबल खेलाडी सावित्रा भण्डारीको उपचारमा मंगलबार ५ लाख रुपैयाँ सहयोग गरेको छ । नेपाली राष्ट्रिय महिला टिमकी कप्तान पनि रहेकी उनले चोटग्रस्ट घुँडाको शल्यक्रियाका लागि आर्थिक सहयोग गर्न अपिल गरेकी थिइन् ।
कान्तिपुर म्याक्सले भनेको छ, ‘कान्तिपुर म्याक्स एक विशुद्ध खेलकुद च्यानल भएको नाताले हामी खेलाडीको भावना, उनीहरूको संघर्ष र राष्ट्रका लागि तपाईंले पुर्याउनु भएको योगदानलाई नजिकबाट बुझ्छौं । तपाईं नेपाली फुटबलको सान हुनुहुन्छ र तपाईं पुनः मैदानमा फर्काउनु हामी सबैको दायित्व हो ।’
यस्तै अगाडि भनिएको छ, ‘हामीलाई विश्वास छ, तपाईं यो अप्ठ्यारो खेल पनि जितेर चाँडै मैदानमा फर्किन हुन्छ । हामी सधैं तपाईंको साथमा छौं ।’
