सावित्राको उपचारका लागि जुट्यो खर्च

सावित्रा भण्डारीले सामाजिक सञ्जालमार्फत घुँडाको एसीएल शल्यक्रियाका लागि चाहिने रकम मात्र नभएर रिह्याब, आवास र यातायातका लागि पनि खर्च जुटेको बताएकी हुन् ।

फाल्गुन १२, २०८२

कान्तिपुर संवाददाता

Funds raised for Savitra's treatment

काठमाडौँ — सावित्रा भण्डारीले आफ्नो चोटग्रस्ट घुँडाको शल्यक्रियाका लागि आवश्यक खर्च जुटेको मंगलबार बताएकी छन् । उनले सामाजिक सञ्जालमार्फत घुँडाको एसीएल शल्यक्रियाका लागि चाहिने रकम मात्र नभएर रिह्याब, आवास र यातायातका लागि पनि खर्च जुटेको बताएकी हुन् ।

नेपाली राष्ट्रिय टिमकी कप्तान उनले अघिल्लो दिन मात्रै आफ्नो उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेकी थिइन् । शल्यक्रियका लागि ८० हजार डलर चाहिने उनले जानकारी दिएकी थिइन् ।

त्यसको एक दिनपछि नै नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ५२ हजार न्युजिल्यान्ड डलर जम्मा भएको उनले बताएकी छन् । सहयोगका लागि उनले सबैप्रति धन्यवाद पनि दिएकी छन् ।

कान्तिपुर

Link copied successfully