स्टार क्रिकेट सिजन टु फागुन अन्तिम साता

एक दिने क्रिकेट प्रतियोगिता मूलपानी क्रिकेट मैदानमा हुनेछ । त्यसमा सर्वसाधारणलाई निःशुल्क प्रवेश दिइने जनाइएको छ ।

फाल्गुन ११, २०८२

कान्तिपुर संवाददाता

Star Cricket Season 2, last week of Falgun

What you should know

काठमाडौँ — महिला डिजिटल सशक्तीकरणका लागि फागुन ३० मा स्टार क्रिकेट प्रतियोगिता हुने भएको छ  ।

आयोजक आइडिया स्पोर्ट्सले सोमबार आयोजित पत्रकार सम्मेलनमा स्टार क्रिकेट सिजन–२ को मिति तय गरेको हो । एक दिने क्रिकेट प्रतियोगिता मूलपानी क्रिकेट मैदानमा हुनेछ । त्यसमा सर्वसाधारणलाई निःशुल्क प्रवेश दिइने जनाइएको छ ।

स्टार क्रिकेट सिजन–२ कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत रहेको आयोजकले जनाएको छ । आयोजक समितिका संस्थापक पवनराज जोशीले पहिलो संस्करण भव्य सफल भएपछि दोस्रो संस्करण गर्न तयार भएको बताए ।

‘पहिलो संस्करण भव्यरुपमा सफल भएपछि दोस्रो संस्करण गर्न तयार भएका  हौं,’ उनले भने, ‘दोस्रो संस्करणले क्रिकेटको माध्यमबाट चलचित्र क्षेत्रका कलाकार, खेलाडी, मिडिया व्यक्तित्व, कर्पोरेट तथा डिजिटल क्रिएटरहरू सबै एउटै मैदानमा उत्रिएर  क्रिकेटलाई अगाडि बढाउन प्रोत्साहन हुनुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास छ । हामी क्रिकेटलाई मनोरञ्जन, व्यवसाय र सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयास गर्दछौं ।’

पत्रकार सम्मेलनमा आइडिया स्पोटर््सका संयोजक जोशी र सृष्टि फाउन्डेसनकी अध्यक्ष सृष्टि कार्कीबीच सम्झौता भएको छ  । कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङ पनि सहभागी थिए । 

प्रतियोगिताको लागि आयोजकले सृष्टि फाउन्डेसनसँग पनि सहकार्य गरेको छ ।  प्रतियोगिताबाट ग्रामीण नेपालका महिला सूचना प्रविधिमा शिक्षित, सशक्तीकरण र प्रोत्साहित हुने आशा गरिएको छ ।

टी–१० फर्म्याटमा  हुने प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् । सहभागीलाई दुई समूहमा विभाजन गरिनेछ । त्यसपछि सेमिफाइनल र फाइनल खेल हुने आयोजक आइडिया स्पोर्ट्सले जनाएको छ ।

हरेक टिममा नेपाली सेलिब्रेटी, सामाजिक सञ्जालमा प्रभाव जमाएका व्यक्तित्व, मिडियाकर्मी र राष्ट्रिय खेलाडी तथा क्रिकेटर समावेश हुनेछन्  ।

कान्तिपुर

Link copied successfully