खेल बराबरीतर्फ अग्रसर भएको बेला ओसासुनाका लागि राउल गार्सियाले ९० औ मिनेटमा विजयी गोल गरे ।
काठमाडौँ — स्पेनी ला लिगा उपाधि होडमा शनिबार थप नयाँ मोड आएको छ र रियल म्याड्रिड ओसासुनको हातबाट २–१ ले पराजित भएको छ ।
खेल बराबरीतर्फ अग्रसर भएको बेला ओसासुनाका लागि राउल गार्सियाले ९० औ मिनेटमा विजयी गोल गरे ।
यसअघि ओसासुनाले एन्टे बुडिमिरको गोलले पहिलो हाफमा अग्रता लिएको थियो । त्यसपछि भिनिसियस जुनियरले दोस्रो हाफमा बराबरी गोल फर्काए । हारले पनि रियल ६० अंकमा शीर्ष स्थानमै छ । तर अब बार्सिलोनासामु रियललाई उछिन्ने अवसर बनेको छ ।
बार्सिलोना ५८ अंकमा दोस्रोमा छ । एटलेटिको म्याड्रिड ४८ अंकमा चोथो स्थानमा छ र उसले अर्को खेलमा इस्पनयोललाई ४–२ ले हरायो ।
