अन्तरविद्यालय बास्केटबलमा मानसिंह र बेलमोन्ट विजयी

तेजस्वी एकेडेमीको कोर्टमा आइतबार भएको खेलमा मानसिंहले ह्वाइट हेभेनलाई १६-१० स्कोरले पराजित गरेको हो ।

फाल्गुन १०, २०८२

कान्तिपुर संवाददाता

Mansingh and Belmont win in inter-school basketball

काठमाडौं — मानसिंह र बेलमोन्टले प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्सतर्फ विजयी सुरुआत गरेका छन् ।

आयोजक तेजस्वी एकेडेमीको कोर्टमा आइतबार भएको खेलमा मानसिंहले ह्वाइट हेभेनलाई १६-१० स्कोरले पराजित गरेको हो । मानसिंहकी देविका बोगटीले ६ स्कोर जोडिन् । सुमिना तामाङको १० स्कोरमा बेलमोन्टले एन्जल्स हार्ट नेसनललाई २२-१६ ले हरायो ।

गर्ल्समै तेजस्वीले संस्कृति शिक्षालयलाई २३-१८ र ल्यान्डमार्क एकेडेमीले ह्वाइट हेभेनलाई २५-१५ स्कोरले हराए । तेजस्वीकी निशा पण्डितले १४ र ल्यान्डमार्ककी अञ्जली राईले ११ स्कोर गरिन् ।

ब्वाइजमा सेबले ल्यान्डमार्कलाई ४४-३१, तेजस्वीले गुरुकुललाई ३७-२८, संस्कृति शिक्षालयले रोजमेरीलाई ४०-३२ र ह्वाइट हेभेनले सिद्धार्थलाई ३०-२२ ले हराए । सेबका युविन तामाङले १०, तेजस्वीका विराज गुरुङले १३, संस्कृतिका रमन गुरुङले १९ र ह्वाइट हेभेनका निमेश सापकोटाले १४ स्कोर जोडे ।

प्रतियोगिताको तेजस्वीका प्रिन्सिपल थिरबहादुर बस्नेतले निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरे । ६ दिने लिगकम नकआउट प्रतियोगिताको ब्वाइजमा १२ र गर्ल्समा ८ टिम प्रतिस्पर्धी छन् ।

कान्तिपुर

Link copied successfully