धरान १०-के रनमा नरेन्द्र र सन्तोषीलाई प्रथम पुरस्कार

१० किलोमिटर दुरी पुरुषतर्फ नरेन्द्रले ३१ मिनेट ५० सेकेन्ड र महिलातर्फ सन्तोषीले ३७ मिनेट ३६ सेकेन्डमा पार गरिन् ।

फाल्गुन ९, २०८२

एलिना राई

Narendra and Santoshi win first prize in Dharan 10K run

What you should know

धरान — ‘शिक्षाको निम्ति च्यारिटी दौड’ नारासहित सम्पन्न १४ औं धरान १०–के रनको खुला पुरुषतर्फ नरेन्द्र सिंह रावत र महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम भएका छन् ।

शनिबार सम्पन्न १० किलोमिटर दुरी रावतले ३१ मिनेट ५० सेकेन्डमा र श्रेष्ठले ३७ मिनेट ३६ सेकेन्डमा पार गर्दै विजेता बने । दक्षिण एसियाली म्याराथनकी स्वर्ण पदक विजेता तथा अन्तर्राष्ट्रिय हाफ म्याराथन पदक विजेता समेत रहेकी श्रेष्ठ यसअघि धरान रनको १३ औं संस्करणकी विजेता पनि हुन् ।

करिब ३ हजार ५ सय धावकको सहभागिता रहेको प्रतियोगितामा पुरुषतर्फ जुलियस मुरुकि वाहोमले ३१ मिनेट ५७ सेकेन्डमा दुरी पूरा गर्दै दोस्रो भएका छन् भने अमिर लिम्बु ३२ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भएका छ । महिलातर्फ पुष्पा शेर्माले ४१ मिनेट ४४ सेकेन्डमा दुरी पार गर्दै दोस्रो तथा प्रिया क्षेत्रीले ४२ मिनेट ३ सेकेन्डमा तेस्रो स्थान हासिल गरेकी छन् ।

महिला र पुरुष दुवै विधाका प्रथम, दोस्रो र तेस्रो विजेताले क्रमशः ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ नगदसहित मेडल र ट्रफी प्राप्त गरेका छन् । विजेताहरुलाई धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख आइन्द्रविक्रम बेघा, धरान–१८ का वडाध्यक्ष प्रविन राई तथा गायक राजु लामाले पुरस्कार प्रदान गरेका छन् ।

Narendra and Santoshi win first prize in Dharan 10K run

अन्डर–१६ उमेर समूह पुरुषतर्फ जीवन हाङ प्रथम, ओसन राई दोस्रो र हिमाल राई तेस्रो भएका छन् भने महिलातर्फ जुही राई प्रथम, जुली राई दोस्रो र सिम्रन बर्देवा तेस्रो भइन् । भेट्रान पुरुषतर्फ सुदीप प्रधान प्रथम, विजयकुमार राई दोस्रो र रेशम लिम्बु तेस्रो भए भने भेट्रान महिलातर्फ प्रतिमा राई प्रथम, जमुना लिम्बु दोस्रो र कल्पना तामाङ तेस्रो भए ।

अन्डर–१६ र भेट्रान समूहका विजेताहरूलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

हृवीलचेयरतर्फका विजेताहरूलाई पनि क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने सुपर भेट्रान विजेता तथा उपविजेताले गिफ्ट भौचर प्राप्त गरेका छन् ।

धरान रनका संस्थापक सन्तोष राईका अनुसार यस च्यारिटी दौडमार्फत संकलित रकम अपांंग, असहाय महिला तथा बालबालिकाको स्वास्थ्य र शिक्षाका लागि अक्षयकोषमार्फत सहयोग गरिादै आएको छ । यस वर्ष उठ्ने रकम शिक्षामा समर्पित गरी जेहेन्दार तथा विपन्न विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

एलिना राई एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully