सुदूरपश्चिम र गण्डकी राष्ट्रिय हक्की च्याम्पियन

सुदूरपश्चिम प्रदेशले दोस्रो राष्ट्रिय हक्की प्रतियोगितामा पुरुषतर्फ उपाधि जितेको हो भने महिलातर्फ गण्डकी प्रदेश पहिलो भएको हो ।

फाल्गुन ९, २०८२

कान्तिपुर संवाददाता

Far Western and Gandaki National Hockey Champions

काठमाडौँ — सुदूरपश्चिम प्रदेशले दोस्रो राष्ट्रिय हक्की प्रतियोगितामा पुरुषतर्फ उपाधि जितेको छ ।

दशरथ रंगशालाको फ्लड लाइटमा शनिबार भएको राउन्ड रोबिन लिगको अन्तिम खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेशले २–२ गोलको बराबरी खेलेका थिए । सुदूरपश्चिमले १२ र गण्डकी प्रदेशले ९ अंक जोडेको थियो । सुदूर तालिकाको शीर्षमा रहँदै च्याम्पियन भयो । कोशी प्रदेश ६ अंकसाथ तेस्रो भयो ।

महिलातर्फ गण्डकी १२ अंकसाथ पहिलो, सुदूरपश्चिम ९ अंकसाथ दोस्रो तथा मधेश प्रदेश ६ अंकसाथ तेस्रो भएको थियो । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार पाए ।

Far Western and Gandaki National Hockey Champions

पुरुषमा सुदूरपश्चिमका महेश नेपाली उत्कृष्ट खेलाडी, गण्डकीका संगम घर्ती मगर उत्कृष्ट डिफेन्डर, सुदूरपश्चिमका विवेक जोशी उत्कृष्ट गोलरक्षक, बागमतीका अनिश खड्का उदीयमान खेलाडी र कोशीका सुदीप चौधरी सर्वाधिक गोलकर्ता बने ।

नेपाल हक्की संघको आयोजनामा भएको प्रतियोगिताको महिलामा गण्डकीकी अंकिता अधिकारी उत्कृष्ट खेलाडी, गण्डकीकी सन्जु मगर उत्कृष्ट गोलरक्षक, सुदूरपश्चिमकी करुण ठगुन्ना उत्कृष्ट डिफेन्डर र मधेशकी लक्ष्मनिया कुमारी दास उदीयमान खेलाडी चुनिए । सुदूरपश्चिमकी बविता उराँव सर्वाधिक गोलकर्ता भइन् ।

विजेतालाई बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईं, राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठलगायतले पुरस्कृत गरे ।  

कान्तिपुर

Link copied successfully