आइतबारदेखि हुने प्रतियोगितामा ब्वाइजतर्फ १२ र गर्ल्सतर्फ ८ टिमको सहभागिता रहनेछ ।
काठमाडौँ — तेजस्वी एकेडेमीले प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता गर्ने भएको छ ।
आइतबारदेखि हुने प्रतियोगितामा ब्वाइजतर्फ १२ र गर्ल्सतर्फ ८ टिमको सहभागिता रहने तेजस्वीका प्रिन्सिपल थिरबहादुर बस्नेतले शुक्रबार पत्रकार सम्मेलनमा बताए ।
ब्वाइजलाई ४ र गर्ल्सलाई २ समूह विभाजन गरी लिगकम नकआउट अधारमा खेलाइने तेजस्वीका बास्केटबल प्रशिक्षक दीपेश कार्कीले जनाए । ब्वाइजको प्रत्येक समूहको विजेता र उपविजेता क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । गर्ल्सको समूह विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् ।
साताव्यापी प्रतियोगिताका खेल आयोजकको आफ्नै कोर्टमा खेलाइने छ ।
