राखेप कभर्डहलमा भइरहेको प्रतियोगितामा शुक्रबार महिला ५९ केजी तौलसमूहको फाइनलमा दिलिका भ्लोनले भारतकी साई आरुषि नागालाई हराएर स्वर्ण जितिन् ।
What you should know
काठमाडौँ — मिसन २०२६ को राष्ट्रिय टोलीको क्याम्पमा रहेकी दिलिका भ्लोनले चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् ।
राखेप कभर्डहलमा भइरहेको प्रतियोगितामा शुक्रबार महिला ५९ केजी तौलसमूहको फाइनलमा दिलिकाले भारतकी साई आरुषि नागालाई हराएर स्वर्ण जितिन् । नेपालका सृष्टि बिक र सरस्वती भुजेलले कांस्य जिते ।
जुनियर महिला ४२ केजीमुनि कृतिका कटुवालले चाँदनी खातुनलाई हराएर स्वर्ण पदक जितिन् । नेपालकी दिया लाखाजु र भारतकी कस्तुर साइकिया कास्य जितेका छन् ।
महिला ४४ केजीमुनि तौलमा नेपालकी कृतिका थापा मगरले फाइनलमासम्पदा सिवाकोटीलाई पराजित गरी स्वर्ण जितेकी छन् भन दिपिशा न्यौपाने र कल्पना पाण्डेले कांस्य जिते । ४६ केजीमा नेपालकी लक्ष्मी गोतामेले जुनु राईलाई पराजित गरी स्वर्ण जितिन् । करिना डोली र समिका दाहालले कास्य जिते ।
महिला ४९ केजीमा नेपालकी सोनिया तामाङ्गले रोजिसा खड्कालाई पराजित गरी स्वर्ण जितिन् ।सामना विष्ट र सोनाम महतोले कांस्य जितेका थिए । ५२ केजी नेपालकी निर्जला महतेले सुष्माकुमारी नेपालीलाई पराजित गरी स्वर्ण जितिन् । भारतकी रीतु कुमारी र नेपालकी दृष्टि तामाङले कांस्य जिते ।
जुनियर पुरुष ४८ केजीमुनि नेपालका इमोन रानाले फाइनलमा भारतका अहमद तहनलाई पराजित गर्दै स्वर्ण पदक जितेका छन् । ४५ केजीमुनि नेपालका ललित राना मगरले फाइनलमा सुभाष धामीलाई पराजित गरी स्वर्ण पदक जिते । ५१ केजीमुनि नेपालका समीर कुँवरले विलुक्स मल्ललाई पराजित गर्दै स्वर्ण पदक जिते । भारतका आयुष सिंह र नेपालका अजय घर्ती क्षेत्रीले कांस्य पदक पाए ।
