ओमानलाई हराए अस्ट्रेलिया घर फर्कंदै

ओमानले पहिले ब्याटिङको निम्तो पाएको थियो र त्यस क्रममा १६.२ ओभरमा सबै विकेट गुमाएर १ सय ४ रन बनाएको थियो ।

फाल्गुन ८, २०८२

कान्तिपुर संवाददाता

Australia returns home after defeating Oman

काठमाडौँ — अस्ट्रेलियाले टी-२० विश्वकप २०२६ को अन्तिम लिग खेलमा शुक्रबार ओमानलाई ९ विकेटले हराएको छ । 

प्रतियोगिताको सुपर एट प्रवेश गर्न असफल रहेको अस्ट्रेलिया यो जितपछि घर फर्कने छ । जितका लागि उसले १ सय ५ रनको मात्र लक्ष्य पाएको थियो । त्यसक्रममा अस्ट्रेलियाले कोलम्बोमा भएको खेलमा १ विकेटको क्षतिमा ९.४ ओभरभित्र १ सय ८ रन बनाउन सफल रह्यो ।

ओपनर जोडीमध्ये कप्तान मिचेल मार्सले ३३ बलमा ६४ रन बनाए र नटआउट रहे । उनले ७ चौका र ४ छक्का प्रहार गरे । यस्तै आउट हुने एक मात्र ब्याटर ट्रेभिस हेडले १९ बलमा ३२ रन बनाए । उनको ब्याटबाट ६ चौका निस्केको थियो । 

अर्का नटआउट ब्याटर जस इंग्लिसले १२ रन बनाए । समूह बी मा पूर्व च्याम्पियन अस्ट्रेलिया २ जितबाट ४ अंकसहित तेस्रो स्थानमा मात्र रह्यो । यस समूहबाट जिम्बावे र श्रीलंका यसअघि नै दोस्रो चरण पुगिसकेका छन् ।

त्यस अगाडि ओमानले पहिले ब्याटिङको निम्तो पाएको थियो र त्यस क्रममा १६.२ ओभरमा सबै विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । त्यसमा सबैभन्दा ठूलो व्यक्तिगत स्कोर वासिम अलिको नाममा रह्यो । उनले ३२ रन बनाए । अस्ट्रेलियाली बलरमध्ये एडम जाम्पाले २१ रनमा ४ विकेट लिए । यस्तै ज्याभिएर बार्टलेट र ग्लेन म्याक्सवेलले दुई/दुई विकेट हात पारे ।

कान्तिपुर

Link copied successfully