दोस्रो हिमालयन डुओ चेस शनिबार हुने

प्रत्येक टिममा दुई खेलाडी हुनेछ, त्यसमा कम्तीमा एक खेलाडी अनरेटेड हुनुपर्नेछ । दुवै खेलाडी फिडे रेटेड राखेर टिम बनाउन पाइने छैन । तर, दुवै खेलाडी अनरेटेड भने हुन सक्नेछ । प्रतियोगिता स्वीस प्रणालीको आधारमा ५ राउन्ड खेलाइने एकेडेमीले जनाएको छ ।

फाल्गुन ७, २०८२

कान्तिपुर संवाददाता

Second Himalayan Duo Chess to be held on Saturday

काठमाडौँ — हिमालयन डुओ चेस प्रतियोगिताको दोस्रो संस्करण शनिबार हुने भएको छ । भक्तपुरस्थित रिडर्स हबमा हुने एकदिने प्रतियोगिता ‘बगहाउस फर्म्याट’ खेलाइने आयोजक हिमालयन चेस एकेडेमीले जनाएको छ।

प्रत्येक टिममा दुई खेलाडी हुनेछ, त्यसमा कम्तीमा एक खेलाडी अनरेटेड हुनुपर्नेछ । दुवै खेलाडी फिडे रेटेड राखेर टिम बनाउन पाइने छैन । तर, दुवै खेलाडी अनरेटेड भने हुन सक्नेछ । प्रतियोगिता स्वीस प्रणालीको आधारमा ५ राउन्ड खेलाइने एकेडेमीले जनाएको छ ।

कुल १५ हजार रुपैयाँ पुरस्कारको हिमालयन डुओमा उपाधि जित्ने टिमले ट्रफीसँगै ७ हजार पाउनेछ । उपविजेताले ५ हजार र तेस्रो हुने टिमले तीन हजार हात पार्नेछन् ।

गत वर्ष आयोजित पहिलो संस्करणमा सुजन काफ्ले र सविन खतिवडाको टिम नाइटमेर कजिन्स च्याम्पियन भएको थियो । हिमालयन चेस एकेडेमीले आयोजना गर्न लागेको यो १३ औं प्रतियोगिता पनि हो ।   

कान्तिपुर

Link copied successfully