गण्डकीले सुदूरपश्चिम प्रदेशलाई १–० को झिनो गोलअन्तरले हराएको थियो ।
What you should know
काठमाडौँ — दशरथ रंगशालामा भइरहेको दोस्रो राष्ट्रिय हक्की प्रतियोगितामा बुधबार महिलातर्फ गण्डकी प्रदेश विजयी भएको छ ।
गण्डकीले सुदूरपश्चिम प्रदेशलाई १–० को झिनो गोलअन्तरले हराएको थियो । गण्डकीका लागि एक मात्र गोल खेलेको ३० औं मिनेटमा अंकिता अधिकारीले गरिन् । उनी नै प्लेयर अफ द म्याच भइन् । अघिल्लो दिन बन्दना भट्टको गोलमा सुदूरले मधेशविरुद्ध जित पाएका थियो । अंकतालिकामा गण्डकी दुई खेल जितेर अगाडि छ ।
पुरुषतर्फ मधेशले सुदूरपश्चिमलाई ३–० ले पराजित गर्दै आफ्नो जित यात्रा कायम राखेको छ । अघिल्लो दिन बागमतीमाथि विजय पाएका सुदूरका लागि महेश नेपालीले दुई गोल गरे । उनले चौथो र ४५ औं मिनेटमा गोल गरे । भरत टमाटाले पहिलो मिनेटमै गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । प्लेयर अफ द म्याच महेश नै भए ।
दिनको अर्को खेलमा गण्डकीले बागमती प्रदेशमाथि ३–१ को जित पाएको छ । गण्डकीबाट नवौं मिनेटमा विवेक गुरुङ, ३९ औं मिनेटमा विशाल कुमार र ६० औं मिनेटमा मोहन पुनले गोल गरेका थिए । बागमतीका लागि एकमात्र गोल ४० औं मिनेटमा जेम्स पेरी श्रेष्ठले गरेका थिए । प्लेयर अफ द म्याच विवेक गुरुङ चुनिए । पुरुषतर्फ अंकतालिकामा गण्डकी र सुदूरपश्चिमले समान दुई खेल जितेर अग्रता लिएको छ ।
नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुषमा ६ र महिलामा ५ टिम प्रतिस्पर्धी छन् । दुवै समूहमा शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार पाउनेछन् ।
