नेपालले समूह 'सी'को आफ्नो चौथो खेलमा स्कटल्यान्डको सामना गर्दैछ । यो समूहबाट यसअघि वेस्ट इन्डिज र इंग्ल्यान्ड छनोट भइसकेका छन् । त्यसैले नेपाल र स्कटल्यान्डबीचको खेल प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ ।
नेपालले ट्वान्टी-२० विश्वकपमा १२ वर्षपछि जित निकालेको छ । नेपाल अन्तिम पटक सन् २०१४ मा विजयी भएको थियो । अहिले नेपालले स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । नेपालले १९.२ ओभरमा जित निकालेको हो ।
नेपाल लिग चरणको अन्तिम खेलमा विजयी रहेको हो । दीपेन्द्रले आफ्नो अर्धशतक पनि पूरा गरेका छन् । प्रतियोगिता उनको यो दोस्रो अर्धशतक हो ।
स्कटल्यान्डको तुलनामा नेपालको अहिले रनरेट पछाडि छ । यसबीच १४ ओभर पूरा हुने क्रममा लिस्कले रोहित पौडेलको विकेट लिएका छन् । रोहितले १४ बलमा १६ रन बनाए । स्कोर भएको छ, ३ विकेटमा १ सय रन । यसरी नेपालको सय रन पूरा भएको छ, १३.५ ओभरमा । क्रिजमा नयाँ ब्याटरका रुपमा आएका छन्, गुल्सन झा ।
नेपालले चौका र छक्का प्रहार गर्ने क्रममा शिथिलता आएको छ । अब नेपालले जितका लागि प्रति ओभर १० रन भन्दा माथिको दरले रन बनाउनु पर्नेछ र यो चुनौतीपूर्ण हुनेछ । यसबीच आसिफले विकेट गुमाएका छन् । उनले २७ बलमा ३३ रन बनाए । नयाँ ब्याटरमा दीपेन्द्रसि ऐरी आएका छन् । स्कोर भएको छ, दुई विकेटमा ८७ रन । १२ ओभर सकिएको छ ।
नेपाली इनिङ्स मध्य भागमा पुगेको छ, दस ओभर पूरा भएको छ । यसको पहिलो बलमै लिस्कले भुर्तेलको विकेट लिएका छन् । उनले ३५ बलमा ४३ रन बनाए । यसरी पहिलो विकेटका लाग ७४ रनको साझेदारी टुटेको छ । यसका लागि ५५ बलको आवश्यकता परेको थियो । क्रिजमा आएका छन्, कप्तान रोहित पौडेल । स्कोर भएको छ, एक विकेटमा ७८ रन । आसिफ ३० रनमा नटआउट छन् ।
करीले गरेको छैटौं ओभरको बलिङमा नेपालको ५० रन पूरा भएको छ । कुशल ३१ र आरिफ २३ रनमा नटआउट छन् । यसरी नेपालको ब्याटिङ पावरप्ले सकिएको छ र नेपालले राम्रो सुरुआत लिएको छ । यो क्रमलाई टिमले कायम राख्नु पर्नेछ । स्कोर भएको छ, बिनाविकेटको क्षतिमा ५६ रन ।
नन्दनले २० औं ओभर गरे र लिस्क विकेट पछाडि समातिए । अम्पायरले रिभ्युमा आउटको निर्णय गरेका हुन् । मार्क वेट १० र ओलिभर डेविडसन १ रनमा नटआउट रहे । अन्तिम बलमा छक्का लागेको छ । यससँगै स्कटल्यान्डको इनिङ्स समाप्त भएको छ । स्कटल्यान्डले ७ विकेटमा १ सय ७० बनेको छ । अब नेपालले जितका लागि १ सय ७१ रनको लक्ष्य तयार भएको छ । नन्दनले आफ्नो ४ ओभरमा ३४ रन दिएर २ विकेट लिए ।
सोमपालले १९ औं ओभर बलिङ गरेका छन् । ब्रुस ५ रन बनाएर बोल्ड भए । यसरी सोमपालले पनि आफ्नो ४ ओभर पूरा गरेका छन् । उनले २५ रनमा ३ विकेट लिए । स्कटल्यान्डको ६ विकेटमा १ सय ५८ रन भएको छ ।
कुशल फेरि आक्रमणमा उत्रिएबम छन् । उनले आफ्नो चार ओभर पूरा गरेका छन् । उनले ३७ रन दिए । वेरिङटनको क्याच छुटेको छ, लोकेश बमबाट । तर यो गाह्रो क्याच थियो । स्कोर भएको छ, ४ विकेटमा १ सय ४५ । फिल्डिङ गर्ने क्रममा रोहित र गुल्सन बाउन्ड्री लाइनमा जुधेका छन् । दुवै केही घाइते भएका छन् । फिजियोले दुवैको उपचार गरेको छ । उनीहरूले सम्भावित चौका भने बचाएका छन् । अन्तिम बलमा वेरिङटन क्याच आउट भए । क्याच सन्दीप जोराले लिए ।
स्कटल्यान्डका लागि ७१ रन बनाएर खेलिरहेका माइकल जोन्सलाई १५. २ ओभरमा सोमपालले बोल्ड गरेका छन् । त्यस्तै उनले १५.४ ओभरमा ब्रान्डन म्याकमुलेनलाई पनि कट एन्ड बोल्ड आउट गरेका छन् ।
जोन्सले ४५ बलमा ७१ रन बनाए । उनी क्लिन बोल्ड भए । नेपालका लागि यो ठूलो राहत भएको छ । नयाँ ब्याटरका रुपमा रिची बेरिङटन आएका छन् । लगतै सोमपालले म्याकमुलेनलाई पनि आउट पारे, २५ रनमा । उनी कट एन्ड बोल्ड भएका हुन् । यसरी सोमपालले एकै ओभरमा दुई विकेट लिए । सोमपालको बलिङ भएको छ, ३ ओभरमा २ विकेट । स्कोर भएको छ, ३ विकेटको क्षतिमा १ सय ३४ रन ।
कुशलले १५ औं ओभर बलिङ गरेका छन् । स्कटल्यान्डले ठूलो स्कोर बनाउने आधार तयार पारेको छ । गुल्सनले म्याकमुलेनको क्याच लिने प्रयासमा खराब फिल्डिङ गरे र यो चौकामा परिणत भएको छ ।
जोन्सले एक छक्का पनि प्रहार गरे । स्कोर भएको छ, एक विकेटको क्षतिमा १ सय ३१ रन । दोस्रो विकेटका लागि ५० रनको साझेदारी पूरा भएको छ ।
प्रेस बक्स एन्डबाट सन्दीपले १२ औं ओभर बलिङ गरेका छन् । ब्रान्डन म्याकमुलेनले एक छक्का प्रहार गरे । यस्तै जोन्सले एक चौका प्रहार गरे । एक चौका बाई गएको छ । स्कोर एक विकेटमा १ सय १ रन भएको छ । जोन्स ५६ र म्याकमुलेन ११ रन बनाएर खेलिरहेका छन् । यसरी स्कटल्यान्डको सय रन पूरा भएको छ ।
दीपेन्द्रको तेस्रो ओभर पूरा भएको छ । मुन्सीले एक चौका प्रहार गरेका छन् । ५.२ ओभरमा ५० रन पूरा भएको छ । यो ओभरको समाप्तिमा स्कटल्यान्डले बिनाविकेटको क्षतिमा ५२ रन बनाएको छ ।
मुन्सी १५ र जोन्स ३४ रन बनाएर खेलिरहेका छन् । यसरी पावरप्लेको खेल सकिएको छ र स्कटल्यान्ड सानदार सुरुवात लिन सफल रहेको छ । स्कटल्यान्डसामु ठूलो स्कोर बनाउने अवसर तयार भएको छ ।
नेपालका लागि चौथो ओभर बलिङ गर्न आएका नन्दन यादवले ११ रन दिएका छन् । नन्दनले भने आफ्नो पहिलो ओभर बलिङ गरेका हुन् ।
स्कटल्यान्डले बलियो सुरुआत लिने संकेत गरेको छ । जोन्सले नन्दनलाई दुई चौका प्रहार गरेका छन् । यस्तोमा स्कटल्यान्डको स्कोर भएको छ, बिनाविकेटको क्षति ३६ रन । जोन्स २४ र मुन्सी ९ रन बनाएर खेलिरहेका छन् ।
दुवै टिमका खेलाडी मैदानमा आएका छन् । दुवै टिमको राष्ट्रिय गान बजेका छन् । मैदानमा दुवै देशको विशाल झण्डा रहेका छन् । नेपालले टस जितेर स्कटल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको स्थितिमा अबको केही क्षणमा मुम्बईको वानखेडे स्टेडियममा खेल सुरु हुनेछ ।
नेपालले पहिलो पटक ट्वान्टी-२० विश्वकप २०२६ मा टस जितेको छ । स्कटल्यान्डविरुद्धको खेलमा पहिले बलिङ गर्ने भएको छ ।
नेपाली टिम यस प्रकार छ, कुशल भुर्तेल, आफिस सेख, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, सन्दीप जोरा, लोकश बम, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव र सन्दीप लामिछाने ।
जोराले पहिलोपल्ट ट्वान्टी-२० विश्वकप खेल्दैछन् । उनले करण केसीको स्थान लिएका छन् ।










