टेनिस खेलाडी अभिषेकले बेंगलुरुमा खेल्ने

अभिषेकले यही फेब्रुअरी २३ देखि मार्च १ सम्म बेंगलुरुको हार्डकोटमा हुने प्रतियोगिताको सिंगल इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

फाल्गुन ५, २०८२

कान्तिपुर संवाददाता

Tennis player Abhishek to play in Bengaluru

काठमाडौँ — नेपाली व्यावसायिक टेनिस खेलाडी अभिषेक बास्तोलाले ले भारतको बेंगलुरुमा हुने युटीआर टेनिस प्रतियोगिता खेल्ने भएका छन् ।

अभिषेकले यही फेब्रुअरी २३ देखि मार्च १ सम्म बेंगलुरुको हार्डकोटमा हुने प्रतियोगिताको सिंगल इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

युटीआर प्रो टेनिस टुरअन्तर्गत हुने २० हजार अमेरिकी डलर पुरस्कार राशिको प्रतियोगिता अभिषेकका लागि यस सिजनको पहिलो स्पर्धा हो । यसअघि उनले डिसेम्बरमा भियतनाममा पीटीटी फान थिएटमा प्रतिस्पर्धा गरेका थिए ।

यस टुरमा अभिषेकले झन्डै डेढ दर्जन प्रतियोगिता खेलिसकेका छन् । बेंगलुरुमा उत्कृष्ट प्रदर्शन गर्दै यस सिजनलाई सफल सुरुआत गर्ने लक्ष्यमा छन् ।

हाल इन्डोनेसियामा रहेका उनी त्यतैबाट बुधबार बेंगलुरु जानेछन् ।

कान्तिपुर

Link copied successfully