माउन्ट एभरेस्ट तेक्वान्दोमा शुभाङ्गीलाई स्वर्ण

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भइरहेको प्रतियोगितामा शुभाङ्गीले महिला ६२ केजीमुनि फाइनलमा नेपालकी सुस्मिता मोक्तानलाई हराएर स्वर्ण जितेकी हुन् ।

फाल्गुन ५, २०८२

कान्तिपुर संवाददाता

Shubhangi wins gold in Mount Everest Taekwondo

काठमाडौँ — नेपालकी शुभाङ्गी श्रेष्ठले चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता (डब्लूटी जी–१) तथा दोस्रो माउन्ट एभरेस्ट जीसीएस अन्तर्राष्ट्रिय पुम्से प्रतियोगितामा मंगलबार स्वर्ण जितेकी छन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भइरहेको प्रतियोगितामा शुभाङ्गीले महिला ६२ केजीमुनि फाइनलमा नेपालकी सुस्मिता मोक्तानलाई हराएर स्वर्ण जितेकी हुन् ।

पुरुष ६४ केजीमुनि भारतका अंकित, ६३ केजीमुनि नितेश सिंह र ८० केजीमुनि भारतका अक्षय हुडाले स्वर्ण जितेका थिए ।

दक्षिण एसियाली तेक्वान्दो गरिने

पहिलो दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता आयोजना गरिने भएको छ । दक्षिण एसियाली तेक्वान्दो युनियनको काठमाडौंमा बसेको बैठकले प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यही वर्ष भुटानको राजधानी थिम्पूमा गर्ने निर्णय गरेको छ ।

Shubhangi wins gold in Mount Everest Taekwondo

काठमाडौंमा भइरहेको चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका अवसरमा सोमबार राति युनियनको बैठक बसेको थियो । युनियनका अध्यक्ष पाकिस्तानका उमर सइदको सभापतित्वमा भएको बैठकले दक्षिण एसियाली स्तरीय तेक्वान्दो प्रतियोगिता सुरु गर्ने र पहिलो संस्करण भुटानमा गर्ने निर्णय गरेको हो ।

बैठकले सदस्य राष्ट्रबाट वार्षिक रूपमा अनुदान जम्मा गरी सहायता कोष स्थापना गर्ने, युनियनको लोगो तयार गर्ने, दक्षिण एसियाली क्षेत्रमा तेक्वान्दो खेलको विकास र विस्तारका लागि विभिन्न कार्यक्रम आयोजना गर्ने, खेलाडीको हकहित र प्रशिक्षकको वृत्ति विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकमा नेपालसहित भारत, भुटान, पाकिस्तान र बंगलादेशका तेक्वान्दोका पदाधिकारी सहभागी थिए ।  

कान्तिपुर

Link copied successfully