नमुना ब्लास्टर्सको आयोजनामा आगामी फागुन ७ गतेदेखि इटहरीस्थित ऐतिहासिक जनता पार्क क्रिकेट ग्राउण्डमा सञ्चालन हुने आयोजकले मङ्गलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
सुनसरी — कोशी प्रदेशमा क्रिकेट खेलको व्यावसायिक विकास, युवा प्रतिभाको पहिचान र कलेजस्तरीय खेलाडीलाई उचित मञ्च प्रदान गर्ने उद्देश्यले ‘नमुना सुपर कप अन्तर–कलेज स्तरीय ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ ।
नमुना ब्लास्टर्सको आयोजनामा आगामी फागुन ७ गतेदेखि इटहरीस्थित ऐतिहासिक जनता पार्क क्रिकेट ग्राउण्डमा सञ्चालन हुने आयोजकले मङ्गलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
प्रतियोगितामा कोशी प्रदेशका तीन प्रमुख जिल्लाका कलेज टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। चार दिनसम्म चल्ने प्रतियोगिता ट्वान्टी–ट्वान्टी ढाँचामा खेलाइनेछ ।
प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १५ हजार रुपैयाँसहित ट्रफी पाउनेछ । साथै ‘म्यान अफ द सिरिज’, ‘बेस्ट ब्याट्सम्यान’ र ‘बेस्ट बलर’ लगायत विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार प्रदान गरिनेछ ।
सुनसरी जिल्ला क्रिकेट संघको विशेष सहयोगमा आयोजना हुने प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन जीके स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले प्राविधिक सहयोग उपलब्ध गराउने आयोजकले जनाएको छ ।
