राष्ट्रिय हक्कीमा मधेश र सुदूरपश्चिम विजयी

मधेशले बागमती प्रदेशलाई ४–० गोलले पराजित गर्‍यो । रुपेश राईले २, उमेश श्रेष्ठ र अजयकुमार शाहले १–१ गोल गरेका थिए ।

फाल्गुन ५, २०८२

कान्तिपुर संवाददाता

Madhesh and Sudurpaschim win in national hockey

काठमाडौँ — दशरथ रंगशालामा भइरहेको दोस्रो राष्ट्रिय हक्की प्रतियोगितामा मंगलबार मधेश प्रदेश विजयी भएको छ ।

मधेशले बागमती प्रदेशलाई ४–० गोलले पराजित गर्‍यो । रुपेश राईले २, उमेश श्रेष्ठ र अजयकुमार शाहले १–१ गोल गरेका थिए ।

पुरुषतर्फ नै सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३–२ गोलले हरायो । सुदूरपश्चिमका किशोरराज ओझाले २ र आयुश शाहले गोल गरे । कोशीका सौरभ डंगाल र बिसु घिमिरेले गोल गरे ।

महिलातर्फ कोशी र बागमतीले गोलरहित बराबरी खेले । सुदूरपश्चिमले मधेशलाई १–० गोलले हरायो । बन्दना भट्टले निर्णायक गोल गरिन् ।

नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुषमा ६ र महिलामा ५ टिम प्रतिस्पर्धी छन् । दुवै समूहमा शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार पाउनेछन् ।

कान्तिपुर

Link copied successfully