लोयल्टी र फेरिल्यान्ड क्वार्टरफाइनलमा

लोयल्टी समूह ‘बी’ को विजेता र फेरिल्यान्ड उपविजेता हुँदै क्वार्टरफाइनलमा पुगेका हुन् ।

फाल्गुन ५, २०८२

कान्तिपुर संवाददाता

Loyalty and Fairyland advance to quarterfinals

काठमाडौँ — आयोजक लोयल्टी एकेडेमी र फेरिल्यान्ड मंगलबार १४ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् ।

लोयल्टी समूह ‘बी’ को विजेता र फेरिल्यान्ड उपविजेता हुँदै क्वार्टरफाइनलमा पुगेका हुन् । लोयल्टीले राइजिङ स्टारलाई ३–०, फेरिल्यान्डलाई १–० र मञ्जरीलाई २–० गोलले पराजित गर्‍यो । फेरिल्यान्डले मन्जरीलाई ७–० र राइजिङ स्टारलाई २–१ गोलले हरायो ।

प्रतियोगिताको मन्त्री कुमार इङ्नामले उद्घाटन गरे । लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बहाम्फेको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा लोयल्टीकी संस्थापक निर्देशक नन्दा सुब्बा, लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङलगायतको उपस्थिति थियो । फागुन ८ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमको सहभागिता छ ।

कान्तिपुर संवाददाता

Link copied successfully