प्रतियोगिता २३ राष्ट्रका १ हजार २ खेलाडी सहभागी छन् । प्रतियोगितामा ग्योरोगी/पुम्सेतर्फ ७४ विधा समावेश छ ।
काठमाडौँ — नेपाल तेक्वान्दो संघको आयोजनामा चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता (डब्लूटी जी–१) तथा दोस्रो माउन्ट एभरेस्ट जीसीएस अन्तर्राष्ट्रिय पुम्से प्रतियोगिता सोमबार सुरु भएको छ ।
प्रतियोगिता २३ राष्ट्रका १ हजार २ खेलाडी सहभागी छन् । प्रतियोगितामा ग्योरोगी/पुम्सेतर्फ ७४ विधा समावेश छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भइरहेको प्रतियोगिताको ४० वर्षमुनि मिक्स पुम्सेमा नेपालका जितबहादुर बोटे र सीता तामाङले स्वर्ण पदक जितेका छन् । पुरुष टिम पुम्सेमा नेपालका जितबहादुर बोटे, प्रेमबहादुर लिम्बू र अञ्जन चौधरीले स्वर्ण हात पारे ।
४० वर्षमुनि महिला एकल पुम्सेमा हङकङकी ली लाइ कोङ र पुरुषमा नेपालका प्रेमबहादुर लिम्बू पहिलो भए । पुरुष ३० वर्षमुनि मलेसियाका हाउ केन चाउ, ३० वर्षमुनि पुरुष टिममा मलेसिया, ३० वर्षमुनि मिक्स पेयरमा मलेसियाले स्वर्ण जितेको थियो ।
