लोयल्टी कप फुटबलमा १६ टिमले प्रतिस्पर्धा गर्ने

सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेलाइने छ । समूहको शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् ।

फाल्गुन ४, २०८२

कान्तिपुर संवाददाता

16 teams to compete in Loyalty Cup football

काठमाडौँ — लोयल्टी एकेडेमीले अन्तरविद्यालय जुनियर १४ औं लोयल्टी कप छात्र फुटबल प्रतियोगिता मंगलबारदेखि आयोजना गर्ने भएको छ ।

प्रतियोगितामा १६ टिमको सहभागिता रहने लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्बाङले जनाएका छन् । सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेलाइने छ । समूहको शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् ।

समूह ‘ए’ इस्टपोल, नेपाल मोडेल, काठमाडौं भ्याली र जगत मन्दिर तथा समूह ‘बी’ मन्जरी, फेरिल्यान्ड, लोयल्टी ‘ए’ र द राइजिङ स्टार छन् । ब्रम्हकुञ्ज, लिटिल एन्जल्स, स्वस्तिश्री र रिलायन्स समूह ‘सी’ तथा लोयल्टी ‘बी’, त्रिज्योति, आईआरए र जिनियस समूह ‘डी’ मा छन् ।

फागुन ८ सम्म चल्ने प्रतियोगिताका खेल मण्डिखाटारस्थित आयोजकको मैदानमा हुनेछ । गत संस्करणको उपाधि लिटिल एन्जल्सले जितेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully