न्युजिल्यान्डविरुद्ध यूएईको बलियो ब्याटिङ

जितका लागि न्युजिल्यान्डले १ सय ७४ रनको लक्ष्य पछ्याउने छ ।

माघ २७, २०८२

कान्तिपुर संवाददाता

UAE's strong batting against New Zealand

मुम्बई — यूएईले न्युजिल्यान्डविरुद्धको समूह डी को खेलमा बलियो ब्याटिङको नमूना पेस गरेको छ । मोहम्मद वासिम र एलिसन सरफुको अर्धशतकको मदतले यूएईले चेन्नाइमा भइरहेको खेलमा पहिले ब्याटिङ गर्दै ६ विकेटमा १ सय ७३ रन बनायो ।

अब जितका लागि न्युजिल्यान्डले १ सय ७४ रनको लक्ष्य पछ्याउने छ । यूएईका लागि सरफुले ४७ बलमा ५५ रन बनाए । उनले पाँच चौका र दुई छक्का प्रहार गरे । वासिमले भने नटआउट रहेर ६६ रन बनाए । उनको ४५ बलको इनिङ्समा ४ चौका र ३ छक्का सामेल थियो ।

उनीहरूले दोस्रो विकेटका लागि १ सय ७ रनको साझेदारी गरे । यूएईको यो प्रतियोगितामा पहिलो खेल हो । न्युजिल्यान्ड भने आफ्नो पहिलो खेल जितेर दुई अंकमा रहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully